default_image

4 years ago

May 27, 2020

फिजियोमा व्यस्त प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा होंगान्जी न्यु डायमण्डकी स्टार स्पाइकर प्रतिभा माली चोटबाट पुनरागमन गर्ने क्रममा शल्यक्रिया पछि हाल रिह्याबिलिटेसनमा (पुनर्स्थापना) व्यस्त छिन् । कोरोनाका कारण निम्तिएको विषम परिस्थितिमा उनको रिह्याब केहि प्रभावित भएपनि पछिल्लो समय भने उनी पूर्णरुपमा त्यसमै जुटेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको […]

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा होंगान्जी न्यु डायमण्डकी स्टार स्पाइकर प्रतिभा माली चोटबाट पुनरागमन गर्ने क्रममा शल्यक्रिया पछि हाल रिह्याबिलिटेसनमा (पुनर्स्थापना) व्यस्त छिन् । कोरोनाका कारण निम्तिएको विषम परिस्थितिमा उनको रिह्याब केहि प्रभावित भएपनि पछिल्लो समय भने उनी पूर्णरुपमा त्यसमै जुटेकी छिन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको २ महिना भन्दा बढी भइसकेको छ । तर, संक्रमण भने हरेक दिन जस्तो बढी रहेको छ । यसबीचमा अत्यावश्यक सेवाहरु भने आंशिक रुपमा खुलेका छन् । यसरी नै सेवा दिइरहेको ग्वार्कोस्थित अर्थोपास्ट रिह्याब सेन्टरमा प्रतिभा  नियमितरुपमा फिजियो गराइरहेकी छिन् ।

लकडाउनका सुरुवाती केहि साता घरमै फिजियो गराएकी प्रतिभा पछिल्लो केहि सातादेखि भने नैकापबाट अर्थोप्लास्ट जाने गरेकी छिन् । विहान १२ बजेको आसपासमा अर्थोप्लास्ट पुग्ने गरेकी प्रतिभा त्यहाँ दैनिक दुई समय फिजियो गर्छिन् । सुरुमा १२ बजेदेखि साढे दुई घन्टाको फिजियो पछि उनी केहि समय आराम गर्छिन् । प्रतिभालाई स्पोर्ट्स फिजियोथेरापिस्ट सौगात श्रेष्ठ, उज्ज्वल डोटेल लगायत टोलीले नियमित फिजियो गराउँदै आएका छन् ।

विहानी सेसनपछि २ घन्टाको विश्राम लिएर उनी पुनः दोस्रो सेसन फिजियो गरेर साँझ घर फर्कने गरेकी छिन् । उनलाई घरबाट ल्याउने लाने काम भने नाताले प्रतिभाकी सानीआमा तथा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले गर्दै आएकी छिन् । माघ १० गते  एनभिए क्लब च्याम्पियनसिपमा एपिएफविरुद्ध फाइनल खेल्ने क्रममा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो । माघको २० गते उनको घुँडाको शल्य क्रिया भएको थियो ।

अर्थोप्लास्टका चिकित्सा निर्देशक सुरज भुसालका अनुसार प्रतिभाको अवस्थामा सुधार भइरहेको छ । ‘अरु नियमित फिजियो गर्छौं नै । मुख्य त उनको घुँडा खुम्चाउनमा बढी केन्द्रित छौं’, राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिष्ट समेत रहेका भुसालले बुधबार हाम्रो खेलकुदसँग भने, ‘अहिले यसै खुम्चाउँदा ९० डिग्री पार गरेको छ । त्यसलाई १ सय २० डिग्री पुर्याउने प्रयास गर्दैछौं । अहिलेको गतिमा सुधार हुँदै गएमा केहि सातामा त्यो सम्भावना छ ।’

प्रतिभाले पनि आफुलाई पहिला भन्दा सहज भइरहेको बताइएकी छिन् । ‘पहिला अलि धेरै दुखाई हुन्थ्यो, पछिल्लो समय भने सुधार हुने क्रममा छ । दुखाइ त छ नै तर त्यससँगै सुधार भएको पनि महसुस गरेको छु । लकडाउनले केहि प्रभावित भएपनि अहिले नियमित रुपमा फिजियो गर्दा सुधार राम्रो भएको छ,’ उनले भनिन् ।

इक्विपमेन्टको सहयोगले अहिले उनको घुँडा १ सय २० डिग्री खुम्चन्छ । यद्यपि त्यसक्रममा अत्यधिक दुखाइ महसुस हुने भएकाले अझै केहि समय उनले यसै प्रक्रिया निरन्तरता दिएर मात्र अर्को प्रक्रियामा जानेछिन् । प्रतिभालाई पूर्ण रुपमा ठीक हुन ९ महिनादेखि वर्ष दिन लाग्ने बताइएको छ ।

नेपाली महिला भलिबल टोलीले कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा र मंसिर स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा प्रतिभाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले माल्दिभ्सको लिगमा समेत नियमित खेल्दै आएकी छिन् ।

फिजियोका क्रममा प्रतिभा :

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.