default_image

4 years ago

June 4, 2020

गण्डकी प्रदेशको घोषणाले साग पदकधारी खेलाडीमा खुसी

विजय नेपाली, पोखरा प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो । […]

91 views

0 Bookmark

विजय नेपाली, पोखरा

प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो ।

नेपाल सरकारले गत महिना नै पदक विजेता खेलाडीलाई नगद प्रदान गरिसकेको छ । त्यसअघि अन्य प्रदेशले पनि आफ्ना पदक विजेता खेलाडीलाई नगदसहति सम्मान गरेका थिए । तर, आफ्नो प्रदर्शनलाई प्रदेशले सम्बोधन नगर्दा गण्डकीका खेलाडी निराश बनेका थिए । तर यसै साता गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने बताएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् ।

मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा १३ औं साग आयोजना भएको थियो । २६ मध्ये ८ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो । ‘सागमा यस प्रदेशका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ’, नीति तथा कार्यक्रममा समेटिएको छ ।

सागमा गण्डकी प्रदेशका ३७ खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन् । जसमा ४ खेलाडीले स्वर्ण २२ खेलाडीले रजत तथा १३ खेलाडीले कास्य जितेका छन् । सागका स्वर्ण पदक विजेताले सरकारबाट प्रति महिना ६ हजार मासिक प्रोत्साहन भत्ता पाउनेछन् । गण्डकी प्रदेशका नविन रसाइली कराते (वागलुङ) र स्याङ्जाकी प्रशांसा क्षेत्रीले स्वर्ण हात पारेका थिए । टेनिस इतिहासमा पहिलो पटक नविन पुनमगर र प्रदिप खड्काले कास्य जित्दै इतिहास रचेका थिए ।

महिला भलिबल टोलीले सागको इतिहासमै अहिले सम्मकै ठूलो सफलता हासिल गर्ने क्रममा रजत पदक जितेको थियो । भलिबल टोलीको नेतृत्व म्याग्दीकी अरुण शाहीले गरेकी थिइन् । त्यस्तै महिला फुटबलमा नेपालले रजत पदक जितेको थियो । जसमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सावित्रा भण्डारी सम्बा गण्डकीकै हुन् । लम्जुङकी साम्बा एपिएफमा आबद्ध छन् ।

साम्बाले सोही सागका दौरान नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएकी थिइन् । उनको नाममा ३८ गोल छ । एपिएफकी अनु लामाको ३५ गोलको कीर्तिमानलाई सम्बाले आफ्नै प्रदेशमा तोडेकी थिइन् । महिला फुटबल पोखरा रंगशालामा आयोजना भएको थियो । महिला ह्याण्डबलमा पनि गण्डकी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेपछि खेलाडीले यसरी खुसी व्यक्त गरे

नविन रसाइली, कराते (स्वर्ण पदक विजेता)

ढिलै भएपनि प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको सुन्दा खुसी लागेको छ । घर आउँदा पनि अभिभावकले नजरअन्दाज गरेको जस्तो लाग्थ्यो । सरकारले नीति तथा कार्यक्रममै समेटेर पुरस्कार दिने बताएपछि आत्मबल बढेको छ । हामीले देशका लागि त खेल्यौं नै त्यो भन्दा अघि प्रदेशका लागि खेलेका थियौं । यसअघि अलि अन्यौल थियो अब खुसी छौं ।

प्रशंसा क्षेत्री, तेक्वान्दो (स्वर्ण पदक विजेता)

अभिभावकले खेल र खेलाडीको महत्त्व बल्ल बुझे जस्तो लागेको छ । नीति तथा कार्यक्रममा नै सरकारले उल्लेख गरेकोले एकदम खुसी लागेको छ । हामीलाई आफ्नो क्षेत्रबाट खादा मालाले भएपनि सम्मान गरोस भन्ने थियो । सरकारले सागका विजेता भनेर नगदसहित सम्मान गर्ने सम्बोधन गरेको छ । हामी खुसी छौं ।

प्रदिप खड्का (कास्य पदक विजेता)

प्रदेश सरकारले केहि अघि सम्मान गर्ने नगर्ने अन्योल थियो । नीति तथा कार्यक्रममा उल्लेख गर्दा खेलाडीको मनोबल बढेको छ। हामीलाई यो नगद भन्दा पनि प्रोत्साहन जस्तो हो । यतिका समय हामिले आफ्नै क्षेत्रका लागि खेल्यौ, यस्तोमा कार्यविधि बनाएरनै सम्मान गर्नु सुखद हो । यसले अझै मिहिनेत गर्ने हौसला मिलेको छ ।

नविन मगर (कास्य पदक विजेता)

प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै सम्मानको विषयलाई समावेश गर्नु खेलाडीले न्याय पाएको महसुस गरेको छु । देशका लागि पदक जित्ने खेलाडीको मनोबल बढाउन प्रदेश सरकार पनि अघि सरेको छ । यो खुसीको कुरा हो । अब प्रदेशकै खेलाडी भएर खेल जिवन अघि बढाउने छौं । प्रदेश हाम्रो अभिभावक हो ।

सावित्रा भण्डारी (फुटबल, रजत पदक विजेता)

आफ्नै प्रदेशमा साग खेल्न पाएका थियौं । फाइनलमा चुकेपनि दर्शकहरुको न्यानो मायाले हामीलाई अझै राम्रो गर्न प्रेरित गरेको छ । प्रदेश सरकारले हाम्रो मिहिनेत र सफलताको कदर गर्दै सम्मान गर्नें निर्णय सुन्दा खुसी लागेको छ । यस्तो प्रोत्साहन सँगै आउने दिनमा प्रदेश सरकारले अझै खेलकुद लक्षित कार्यक्रम ल्याउने आशा गरेको छु ।

अरुण शाही (कप्तान ,राष्ट्रिय महिला भलिबल)

हामिले गर्नुपर्ने काम गरिसकेका छौं । सरकारले गर्नु पर्ने थियो त्यसमा अग्रसरता देखाएको छ खेलाडीको लागि धेरै राम्रो कुरा हो । यसले नयाँ पिढीलाई पनि प्रेरणा मिल्नेछ ।

१३ औं सागमा पदक जित्ने गण्डकी प्रदेशका खेलाडी

स्वर्ण पदक (४) – नविन रसाईली, कराँते (बाग्लुङ), पार्वती गुरुङ, तेक्वान्दो (लमजुङ), प्रशंसा क्षेत्री, तेक्वान्दो (स्याङ्जा) र सुमन अर्याल, फुटबल (नवलपुर)

रजत पदक (२२) – जमुना थापा, साइक्लिङ (कास्की), उषा खनाल, साइक्लिङ (कास्की), अनु गुरुङ, कराते (तनहुँ), अरुणा शाही, भलिबल (म्याग्दी), सावित्रा भण्डारी, फुटबल (लमजुङ), विन्दु पुन उसु (म्याग्दी), दिनेश खनिया, टेबल टेनिस (लमजुङ), उषा भण्डारी, भलिबल,(तनहुँ), साफिया पुन, भलिबल (बाग्लुङ), हिरा केसी भलिबल (पर्वत), कमला पुन, भलिबल (म्याग्दी), एलिना गुरुङ, बास्केटबल (कास्की), रचना श्रेष्ठ, बास्केटबल (गोरखा), अनुषा मल्ल, बास्केटबल (तनहुँ), प्रिती तुलाचन, बास्केटबल (बाग्लुङ), दुवाना लामा (२), पौडी (मनाङ), केशरी थापामगर,ट्रायथोलन (तनहुँ), धनमाया दर्लामी, खो खो (बाग्लुङ), झिनमाया थापा, ह्याण्डबल (कास्की), बक्सिङ संगीता सुनार, बक्सिङ (कास्की), सिता पाठक, फेन्सिङ (स्याङजा) र निमा गुरुङ, तेक्वान्दो (मुस्ताङ) ।

कास्य पदक (१३ ) – राजकुमार रसाईली, कराते (बाग्लुङ), सोमबहादुर कुमाल, एथलेटिक्स (गोरखा), योगेन्द्र शेचरन, आर्चरी (कास्की), प्रदीप खड्का, टेनिस, नविन मगर, टेनिस, (म्याग्दी), कृष्ण थापा, स्क्वास (गोरखा), अमृत थापामगर, स्क्वास (गोरखा), शिवबहादुर बराम, जुडो (गोरखो), करण केसी, क्रिकेट (बाग्लुङ), तारादेवी पुन, भारोत्तोलन (म्याग्दी) र मनकुमारी कुमाल, भारोत्तोलन (तनहुँ)

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.