default_image

6 years ago

June 12, 2020

मञ्चका सदस्यलाई मास्क र सेनिटाइजर सहयोग

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरुलाई शुक्रबारबार मास्क र सेनिटाईजर सहयोग गर्नु भएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सहयोग गरेको बताइएको छ ।


संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई एक सय थान केएन–९५ मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गरे । श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एसोसिएसन र दावाली मिलन क्लबको तर्फबाट सामाग्री सहयोग गरेको बताए ।

‘कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न सकिन्छ । फ्रन्ट लाईनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेका हौं,’ श्रेष्ठले भने ।

मञ्चका अध्यक्ष सुवेदीले महामारीकोबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गरे । श्रेष्ठको पहलमा यसअघि पनि नेपाल चिकित्सक संघलाई पनि एक हजार थान केएन–९५ मास्क सहयोग गरिएको थियो ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.