5 years ago
July 1, 2020
धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढीले अगामी आर्थिक बर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो ।

धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभामा प्रस्तुत गरेको बजेमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिईन् । ‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ ।’ उपमेयर भट्टले भनिन्–‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ । आगामी बर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्ड कार्यक्रमको बजेटलाई निरन्तरता दिनेछौं ।’
मञ्तले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना सुरु गरेको हो । स्पोर्ट्स अवार्डका उपमहानगरपालिकाकाले १ लाख ५० हजार रुपैयाँ छुट्ट्याइएको छ ।धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए ।

निति तथा कार्यक्रममा समावेश गरेर उपमहानगरपालिकाले त्यसको लागि बजेट विनियोजन गरेर स्पोर्टस अवार्डको आयोजना थालेकोमा स्थानीय सरकारको तर्फमा सहयोग गरेको उनले बताए ।
‘यहाँको प्रदेश सरकारले पनि केही नगरेको भन्ने कुरा आयो । अन्य स्थानीय तहहरुले पनि सहयोग नगरेको पाए ’ मेयर ओडले भने– ‘राम्रो काममा सवैले सहयोग र साथ दिनुपर्छ भने स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरिएको हो । प्रदेशका खेलाडीहरुका लागि गरिएको कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारहरुलाई पनि सहयोगका लागि आग्रह गर्दछौं ।’
प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने तयारी गरेको छ । तर आफुहरुले आयोजना सुरु गरेको स्पोर्टस अवार्ड सरकारहरुले गर्नुपर्ने आफुहरुले आयोजना गर्दा पनि कुनै स्थानीय तह र प्रदेश सरकारले सहयोग नगरेको मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए ।
‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई हौसला वढाउन स्पोर्टस अवार्डको सुरुवात गर्दा आजसम्म एक रुपैयाँ पनि प्रदेश सरकारको तर्फबाट सहयोग भएको छैन् । अधिकांश स्थानीय तहले सहयोग गरेका छैनन् तर हामी यो अवार्डलाई बर्षेनी आयोजना गर्न पछि हट्नेछैनौं ,’ महासचिव पाठकले भने, ‘धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिन चाहन्छौ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]