5 years ago
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड यो वर्ष पनि आयोजना गर्ने तयारी थालेको छ ।

मञ्चको मंगलबार बसेको भर्चुअल बैठकले यस वर्षको अवार्ड असोज अन्तिमसम्ममा आयोजना गर्ने तयारी थालिएको निर्णय गरेको हो । हरेक वर्ष असार वा साउनमा हुदै आएको अवार्ड कार्यक्रम यसपटक विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ को कारण सोही समयमा हुन सम्भावना नरहेपछि मञ्चले असोज अन्तिम सातासम्ममा अवार्ड आयोजना गर्ने निर्णय गरेको हो ।
कोरोना त्रासका कारण यसपटकको अवार्ड भर्चुअल माध्यमबाट हुनेछ । मञ्चले हरेक वर्ष विभिन्न विधामा सिंगो नेपाली खेल जगतलाई नै पुरस्कृत गर्दै आइरहेको छ । बैठकले अवार्डका लागि ६ वटा समिति गठन गरेको छ ।
खेलाडी छनोट समितिको संयोजकमा मञ्चका सचिव गोविन्द रेग्मी छन् । समारोह समितिमा उपाध्यक्ष निरन्जन अधिकारी, सचिवालय समितिमा उपाध्यक्ष ध्रुव तुलाधर, आर्थिक समितिमा कोषाध्यक्ष अन्जन खड्का, प्रचार प्रसारमा प्रवक्ता तथा सदस्य हिमबिक्रम केसी र व्यवस्थापन समितिमा सदस्य सुजन श्रेष्ठलाई संयोजक तोकिएको छ ।
त्यस्तै बैठकले एनएसजेएफ एकेडेमीले तयार पारेको वार्षिक क्यालेन्डरलाई स्वीकृत गरेको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]