5 years ago
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह प्रायोजकका रुपमा निरन्तर रहेको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा सम्झौता भएको थियो ।

डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत पत्रमा हस्ताक्षर गरेका थिए । नगद ७ लाख र डिसको सेवा गरि झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको बताइएको छ । अवार्डमा डिस होम केहि वर्षयता निरन्तर रुपमा साथ रहँदै आएको छ ।
डिस होमले अवार्डका १३ थान कनेक्सन दुईवर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २०थान डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक बर्षको रहने कार्यक्रममा जानकारी गराइयो ।
पुस २८ गते १० विधामा अवार्ड दिइने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।
पिपल्स च्वाई अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भईसकेको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केहि दिन सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफदीइयर अवार्डसहित अन्य अवार्डको को घोषणा अवार्ड कार्यक्रमको दिन गरिने बताइएको छ । एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई मञ्चले यो वर्ष पनि सम्मान गर्ने जानाएको छ ।
विगतकावर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजपल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने मञ्चले जनाएको छ ।
अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपालप्रालि,रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्रीवितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगीहोटल, होटल क्राउनप्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपालओलम्पिक कमिटीको समेत सहयोग रहेको मञ्चले जानकारी दिएको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]