5 years ago
December 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर राष्ट्रिय खेलकुदमा पनि पर्न थालेको छ । राखेपका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका केसीलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले राखेप सदस्य नियुक्त गरेका थिए । साउन १५ गते केसीसँगै ६ सदस्य नियुक्त भएका थिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि दोस्रो पटक राखेप सदस्य भएका केसीले आइतबार युवा तथा तथा खेलकुद मन्त्रीलाई राजीनामा दिएका हुन् । यसअघि पनि उनी राखेप सदस्य थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध सिंगो देश आन्दोलित भइरहेको बेला अवैधानिक सत्ताको पक्षमा रहेर रमिते बन्नु उचित रहेन भन्दै राजीनतामा गरेका हुन् ।

December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]