5 years ago
January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि होटल क्राउन प्लाजासंग सह प्रयोजन सम्झौता गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लामो समयदेखि अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्दै आएको क्राउन प्लाजाले सम्झौतालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
क्राउन प्लाजाका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदप्रतिको लगावका कारण अवार्ड कार्यक्रमलाई पनि साथ दिदै आएको बताए । आगामी दिनमा समेत अवार्ड र खेलकुद कार्यक्रममा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
मञ्चका अध्यक्ष सुवेदीले जटिल अवस्थामा पनि हस्पिटालिटी पार्टनर भएर सहकार्य गरेकोमा क्राउन प्लाजाप्रति कृतज्ञता व्यक्त गरे । सम्झौता अनुसार क्राउन प्लाजाले करिब ५ लाख रुपैयाँ बराबरको सेवा अवार्ड कार्यक्रमलाई उपलब्ध गराउनेछ ।
खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुदैछ । अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ छन् ।
हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको मुख्य प्रायोजक रहेको अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसंग सहकार्य रहेको छ । त्यस्तै अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहेको मञ्चले जनाएको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]