5 years ago
January 10, 2021
बिर्तामाड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन मा हुने भएको छ ।

मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्ड फागुन २८ गते आयोजना गर्ने जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।
अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । प्रदेश १ मै चौथोपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने बताइएको छ ।
विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।
वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने मञ्चले जानकारी दिएको छ ।
विगतमा झैँ वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा अवार्ड मुल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मुल आयोजक समितिका सदस्य रहनेछन् ।
मञ्चका सदस्य सचिन सुब्बाको संंयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा नमिन ढकाल र चिरञ्जीवी घिमिरे छन् । मञ्चका अध्यक्ष खरेल र सचिव अर्जुन राजवंशी पदेन सदस्य रहनेछन् ।
अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष अमित खम्बू संयोजक रहेको स्वयमसेवक उपसमिति, सहसचिव भूमिका सुब्बा संयोजक रहेको प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष राजु पौडेल संयोजक रहेको आर्थिक उपसमिति, कार्यसमिति सदस्य विनोद पाण्डे संयोजक रहेको प्राविधिक उपसमिति र सदस्य बुद्ध तामाङ संयोजक रहेको अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
गत वर्ष पुरुषतर्फ शारीरिक सुगठनका उमेश राई, महिलातर्फ करातेकी एस्तर राई, युवातर्फ क्रिकटकी अप्सरी बेगम, र प्रशिक्षकतर्फ फुटबलका हरि खड्काले अवार्ड जितेका थिए । यसैगरी पिपल्स च्वाइसको अवार्ड फुटबलका कर्ण लिम्बूले जितेका थिए भने लाइफटाइम एचिभमेन्ट अवार्ड भलिबलका गणेशविक्रम नेम्वाङलाई प्रदान गरिएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]