5 years ago
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोली टिम अफ द इयर २०७६ घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा महिला टोलीलाई टिम अफ द इयर घोषित गरिएको हो ।

गत वर्ष दुई ठूला सफलता हासिल गरेको गरेको महिला टोलीलाई टिम अफ द इयरको हकदार बनायो । गत वर्ष कात्तिक र मंसिरमा महिला टोलीले सफलता हासिल गरेको थियो । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महसचिव निलेन्द्रराज श्रेष्ठले प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही लगायत उपस्थित खेलाडीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको फर्केको थियो । माल्दिभ्सलाई हराएर जितेको त्यो स्वर्ण नेपाली भलिबलले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।
मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) ले महिला टोलीले रजत पदक जितेको थियो । ३७ वर्षे सागको इतिहासमा नेपाली महिला टोलीले रजत पदक जितेको त्यो पहिलो हो । नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो ।
सोही सफलताका कारण अरुणा शाहीको कप्तानीमा रहेको महिला टोली गत वर्ष एफआइभिबीको विश्व वरियताको ८६ औं स्थानमा उक्लन सफल भएको थियो । ८६ औं स्थान नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]