default_image

3 years ago

January 12, 2021

दिगमलाई पारा एथलेट सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा मंगलबार सम्मानित भएका हुन् । ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास लेखाएका छन्। नेपालमा […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा मंगलबार सम्मानित भएका हुन् । ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास लेखाएका छन्।

नेपालमा गतवर्ष भएको एसियाली ह्विल चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए। गतवर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए ।

२१ वर्षको उमेरमा वैदेशिक रोगजारीका लागि खाडी मूलुक कतार पुगेका दिगम अर्को वर्ष एउटा भयंकर सडक दुर्घटनामा परका थिए । ११ महिनाको लामो अस्पताल बसाई पछि उनी स्वदेश फर्केका थिए ।

२०६६ सालमा नेपाल फर्किदा उनले पारा खेलाडी बन्ने उदेश्य बनाइसकेको बताएका छन् । अर्को वर्ष स्पाइकल कर्ड पारा पौडी हुने खबर उनले सुने । त्यस अवसर उनको जीवन बदलियो । त्यसमा उनले स्वर्ण पदक जिते। त्यसपछि उनको खेल जीवन अघि बढ्यो ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.