5 years ago
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मगंलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा श्रेष्ठलाई वर्ष उत्कृष्ट प्रशिक्षक चुनिएको हो । उनले उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।
श्रेष्ठले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण दिलाएका थिए। तेक्वान्दोबाट सागमा भाग लिएका सबै खेलाडीले साग खेलेका सबै २९ खेलाडीले पदक जितेका थिए ।
सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो । नेपाली टोलीले चाइना इन्टरनेसनल च्याम्पियनसिपमा भाग लिदा श्रेष्ठ मुख्य प्रशिक्षक थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]