5 years ago
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको धुलिखेलस्थित हिमालयन मोटरल्यान्ड सर्किटलाई थप व्यवस्थित गर्नका लागि कर्पोरेट मेम्बरको रुपमा सिजी होल्डिङ्स अन्तर्गत नेपाल ल्युब आयम लिमिटेड आबद्ध भएको छ ।

नेपाल ल्युब आयल लिमिटेडले देश भर गल्फ लुब्रिकेन्टको विक्री गर्दै आएको छ ।अल्टिमेट हिमालयन मोटरल्यान्डले गत महिना सर्टिकको सुरुवात गरेको थियो । यो वर्ष मोटरल्यान्डले ६ वटा इभेन्ट आयोजना गर्दैछ ।
सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी र मोटरल्यान्डका अध्यक्ष अनिल बरालले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यकारी निर्देशक चौधरीले हरेक अटोमोबाइल कम्पनीहरु यस प्रकारका काममा अग्रसर हुनुपर्नेमा जोड दिए ।
उनले देशमा रहेका मोटर स्पोट्र्स क्षेत्रका खेलाडीहरुको विकासका लागि सहयोग गर्न आफुहरु तयार रहेको बताए । देशको नाम विश्व सामू चिनाउन मोटर स्पोट्र्स क्षेत्रका खेलाडी पनि एउटा बलियो माध्यम भएको उनले बताए ।
नेपालमा गल्फ लुव्रिकेन्टले हरेक प्रकारको मोटर स्पोट्र्स सम्बन्धी खेलमा लामो समय देखि साथ दिदै आएकोमा हिमालयन मोटरल्यान्डका अध्यक्ष बरालले धन्यवाद दिए ।

नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले गल्फ लुब्रिकेन्ट अन्तर्राष्ट्रिय स्तरको लुव्रिकेन्ट रहेको र अन्तर्राष्ट्रिय स्तरमा मोटर स्पोट्र्सका हरेक प्रकारका खेलका विकासमा अगाडि रहेको बताए ।
गल्फ लुव्रिकेन्टकै तर्फका सह महाप्रबन्धक दिवाकर मिश्रले नेपाल ल्युब आयललाई समस्त मोटर स्पोट्र्सको विकासका लागि कर्पोरेट मेम्बर वन्ने अवसर प्रदान गरेकोमा हिमालयन मोटरल्यान्ड सर्किटप्रति धन्यवाद दिए ।

हिमालयन मोटरल्यान्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले आउने दिनमा मोटर स्पोट्र्सको राष्ट्रिय खेलहरुको स्तर अन्तर्राष्ट्रिय स्तरको बनाउन मोटर स्पोर्टस एकेडमीको सुरुवात गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा हिमालयन मोटरल्यान्ड प्रमुख सल्लाहकारहरु आशिष लामिछाने, मधुसूदन सिग्देल, नेपाल ल्युब आयलका मार्केटिङ तथा ब्रान्ड म्यानेजर रुपेश वाग्ले र समिप तिमिल्सिनाको उपस्थिति थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]