5 years ago
February 17, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी परेका छन् । गत वर्ष गरेको प्रदर्शन र लोकप्रियताको आधारमा खेलाडीको मनोनयन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले जनाएको छ ।
दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाईफटाईम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोलि क्लिनिकका सञ्चालक भरत कुँवरले बुधबार मनोनयन सार्वजनिक गरे ।

सुदूरपश्चिम र मध्यपश्चिममा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले यो पिपुल्स च्वाईस अवार्डलाई प्रायोजन गरेको मञ्चले जनाएको छ ।
पिपुल्स च्वाई अवार्डको विजेताको घोषणा एसएमएस भोटिङ, फेसबुक लाइक तथा खेलकुद पत्रकार र प्रशिक्षकको मतको आधारमा गरिने बताएको छ । फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । अवार्डको फेसबुकमा गएर आफूलाई मनपर्ने खेलाडीको प्रोफाईलमा लाईक गर्ने सकिने व्यवस्था गरिएको छ ।
एसएमएस भोटिङका लागि मनोनयनमा परेका खेलाडीको कोड बनाईएको महासचिव पाठकले बताए । गौरीकालाई १, अन्जलीलाई २ र सरस्वतीलाई ३ नम्बर कोड दिइएको छ । मोबाईलको म्यासेज बक्समा गएर एसएसए टाइप गरेर एक स्पेसपछि १, २ वा ३ लेखेर ३८६८७ मा एसएमएस पठाउन सकिने बताइएको छ ।

भोटिङ लाईनबुधबार नै सुरु भएको र चैत ४ गते रात १२ः०० बजेसम्म खुला रहनेछ । एसएमएस भोटिङको मतभार ५०, फेसबुक लाइक २५ प्रतिशत तथा पत्रकार, प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ बताइएको छ ।
स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पतालले गरेको छ । बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लबर बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।
त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको जनाइएको छ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई समान ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई समान २५ हजार रुपैयाँ सहित सम्मान गरिनेछ । त्यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई समान २० हजार रुपैयाँसहित अवार्ड प्रदान गरिनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]