5 years ago
May 6, 2021
विजय नेपाली, पोखरा
नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) गरेको झन्डै डेढ वर्ष बितिसकेको छ । १३ औं साग २०७६ मंसिर १५ देखि २४ गते सम्म पोखरामा ७ जनकपुरमा १ र बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो ।

साग आयोजनाले केहि नयाँ पूर्वाधार र अधिकांश भौतिक पूर्वाधारको मर्मत गरिएको थियो । १३ औँ साग सम्पन्न गर्नका लागि पोखरामा ७ करोड ६२ लाख ९८ हजार २ सय २४ रुपैँया खर्च भएको थियो । तर पोखरामा भएको सबै खर्चको भुक्तानी भने अहिले सम्म भएको छैन । अझैँपनि करिब २ करोड रुपैँया आउन बाँकी छ । सागका लागि पूर्वाधार रनिर्माण पूरा भइसक्दा र अन्य खर्चको व्यवसायी तथा ठेकेदारहरुले अझैँ रकम पाउन सकेका छैनन् ।
क्षेत्रीय खेलकुद विकास समितिले खर्च विवरण नदिइरहँदा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङका नामले पचिरित राजिव गुरुङले सम्पुर्ण विवरण पेश गर्न आग्रह गरेका छन् । पोखरा रंगशालामा बिहीबार गण्डकी प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवनको सिलान्यास पश्चात अवलोकन गर्दै मन्त्री गुरुङले सागको सम्पुर्ण खर्च विवरण मागेका हुन् ।
‘राज्यले बनाउने संरचनामा व्यक्तिगत लगानी भएकोे देखियो, राज्यले गर्नुपर्ने यो कसरी यस्तो आयो ? खेलकुदमा त यस्तो भ्रष्टचार भएको रहेछ सबैको मिलेमतो देखियो ’ उनले भने, रंगशाला भित्र छिरेर हेरेको विचौलियाको हावि रहेछ । सरकारले रकम सबै दियो भन्छ यहाँ आइपुगेको छैन । धेरै ठेकेदारले अहिलेसम्म पनि रकम नपाएका रहेछन् सबैलाई कागज लिएर मन्त्रालय आउन आग्रह गर्दछु । आफु मन्त्री हुनु अघि जेजे भएपनि मन्त्री भएर आइसकेपछि त्यसो हुन दिने छैन । निर्धक्क भएर आउनुहोस रकम निकासा गराउने जिम्मा मेरो हुनेछ ।’
मन्त्री गुरुङले बिहीबार व्याडमिन्टन हलको चाबी माग्दा समितिसंग छैन भनेपछि उनी क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रति कडा रुपमा प्रस्तुत हुँदै सागको सम्पुर्ण खर्चविवरण माग गरेका हुन । ५१ स्वर्ण पदकसहित २ सय ७ सय पदकका साथ नेपाल १३ औँ सागमा पदक तालिकाको दोस्रो स्थानमा रहन सफलभ एको थियो । ३७ वर्षे लामो इतिहास भएका सागको १३ औं अघि नेपालले पहिलो र आठौं संस्करण आयोजना गरेको थियो । यसअघि दुवै पटक साग काठमाडौं उपत्यकामा मात्र आयोजना भएको थियो ।
पोखरामा विभिन्न पूर्वाधार निमार्णमा रकम समेत कटौती गरिएको थियो । रंगशाला भित्रै ९० लाखमा बन्न लागेको फुटबलको अभ्यास मैदानको रकम कटौती गर्दै माटोको लेभल नपु¥याइ ३५ लाखमा मैदान निमार्ण गरिएको थियो । अहिले मैदानमा गेगडमात्रै देखिन्छ । खर्च गरेरपनि मैदान भने स्तरीय हुन सकेको छैन् । मन्त्री गुरुङले रंगशालाका काम गर्दा रकम नपाउनेलाई मन्त्रालयमा सम्पर्क गर्न अपिल गरिरहँदा विना टेन्डर नै खेलकुद परिषद् भवनको सिलान्यास भएको छ ।
राखेपका सदस्य राजेश गुरुङले यस अघि बारम्बार पोखरामा आउनुपर्ने रकम बाँकी रहँदा समेत खेल पदाधिकारीहरुले समन्वय गरिरहेको बताएका थिए । उता पश्चिमाञ्चल खेलकुद विकास समितिले पनि केहि समय कुर्न भनेपछि आउन बाँकी रकमको सुचि समेत दिन मानेको थिएन ।
खेलकुद मन्त्रीले सम्पुर्ण खर्च विवरण माग गर्दा समितिमा रहेका पदाधिकारीको भने टाउको दुखाइको विषय बनेको छ । पोखराका विभिन्न खेलसंघहरुले भौतिक पूर्वाधार निर्माण, मर्मत तथा खेलसामग्री खरिद गर्दाको रकम पाएका छैनन् । जसमध्ये कास्की जिल्ला क्रिकेट संघ, व्याडमिन्टन संघ लगायत संघ र केहि समिति छन् ।
टेन्डर विनै खेलकुद परिषद्को प्रशासनिक भवनको सिलान्यास
यस्तै मन्त्री गुरुङले गण्डकी प्रदेश खेलकुद परिषद् प्रशासनिक भवनको सिलान्यास गरेका छन् । गण्डकी प्रदेशमा एक हप्ता अघिमात्र थप गरिएको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मन्त्री गुरुङले प्रदेशको सदस्य सचिव वस्ने कोठा समेत नहुनु लाजमर्दो कुरा भएकाले आफुले तत्कालै भवन बनाउन लागेको बताए । उनले खेलकुदमा हुने गरेको अनियमितताको अन्त्य गर्दै खेलकुदमै जीवन अर्पण गर्ने खेलाडी तथा प्रशिक्षक सहित पदाधिकारीलाई समेट्नुपर्नेमा जोड दिए । उनले प्रदेशका ११ जिल्लामा रहेका पूर्वाधार र सम्पत्तीका विषयमा आफुले अध्ययन गरिहेको बताए ।
‘हामीले टिम तयार गर्दै छौँ, टिमले नै सबै काम गर्दछ । सबै जिल्लाका पूर्वाधारको अवस्था पनि खोजी रहेका छौ ती कस्ता छन ? जानकारी लिने काम गरिरहेको छु ,’ उनले भने, पोखरामा खेलाडीहरुको लागि छात्रावास र मार्सलआर्टको सुविधासम्पन्न भवन निमार्ण गरिने छ । प्रदेश सरकारको ४० लाख लागतमा स्टील संरचना सहितको सभाहलमा ११ कोठे भवन ३ महिना भित्र तयार गर्ने लक्ष्य छ ।’ यस्तै खेलकुद मन्त्री गुरुङले कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष एवम् ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी धोज कुमार गुरुङलाई आफ्नो सल्लाहकार नियुक्ति गरेका छन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]