default_image

3 years ago

May 20, 2021

खेलकुद मन्त्री लामासहित ७ मन्त्रीको नियुक्ति बदर

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालले हालै मन्त्री बनेका गैर सांसद ७ जना मन्त्रीको नियुक्ति बिहीबार बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङसहित संघीय संसदको सदस्य नरहेकाले ७ मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिना मात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सर्वोच्चको आदेशपछि तामाङसहित, गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी मन्त्री पदबाट मुक्त भएका छन् ।

सर्वोच्चकै आदेशमा गत वर्ष नेकपा एमाले र माओवादी केन्द्र पार्टी पूरानै अवस्थामा पुगेपछि तत्कालिन मन्त्री परिषद्मा समेत सदस्य रहेका ७ जान एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले उनीलाई कारवाही गरेपछि सांसद रहेकाहरुको पद खारेज भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीरुलाई सोही पदमा नियुक्त गरेका थिए ।

यसपटकको मन्त्री मण्डलमा पनि उनीहरु सबैलाई पूरानै जिम्मेवार दिएको थियो । अधिवक्ता कपिदेव ढकाल र विराज थापाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाईपछि प्रधानन्यायाधी राणाले उनीहरुलाई गरिएको नियुक्ति र सपथग्रहण लगायका काम संविधान अनुकुल नभएकोले मन्त्रीको हैसियतमा काम नगराउने आदेश गरेका हुने ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाले उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण लगायतका काम संविधान अनुकुल नभएकाले मन्त्रीको हैसियतमा काम नगराउन आदेश गरेको हो।

May 8, 2024

सहाना प्रधान यु १९ भलिबल च्याम्पिनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- सहाना प्रधान प्रतिष्ठानको‌ आयोजनामा असारमा प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ। नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा‌ असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ। भलिबल संघका‌ अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रदेशलाई खेलाडी […]

May 8, 2024

सदस्य सचिव बस्नेतलाई सफाइ पेश गर्न ३ बजेसम्मको समय

हिमाल खरेल,बिर्तामोड स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्र पठाएका छन् । स्पष्टीकरण सोधेको दोस्रो दिन मुख्यमन्त्री कार्कीले बस्नेतलाई सफाइ पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएर पत्र लेखेका हुन् । बैशाख २५ गते मंगलबार […]

May 7, 2024

मनीताले ग्रान्ड स्लाम खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)–पेरिस ओलम्पिकको छनोटका रुपमा रहेको बरिसी ग्रान्ड स्लाममा नेपाली खेलाडी मनीता श्रेष्ठ प्रधानले भाग लिने भएकी छन् । काजाखस्तानमा हुने ग्रान्ड स्लामका लागि मनीताको प्रशिक्षकमा देवु थापा रहेकी छन् । टोली बुधबार त्यसतर्फ जाने बताइएको छ । प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ । ओलम्पिकका लागि छनोट आधारका रुपमा रहेको प्रतियोगितामा मनीताले […]

Success

Thank you for your time.