default_image

3 years ago

July 7, 2021

गोपीले ओलम्पिक खेल्न नपाउनुमा संघ र एनओसीकै कमजोरी!

प्रकाश तिमल्सिना, काठमाडौं आठ महिनादेखि टोकियो ओलम्पिकको तयारी गरिरहेका धावक गोपीचन्द्र पार्कीले गत साता मात्रै आफूले खेल्न नपाउने थाहा पाएका थिए । खेलकुदका जिम्मेवार निकाय नेपाल ओलम्पिक कमिटी (एनआसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल र गोपीको सम्बन्धित खेल नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बिहीबार संयुक्त […]

137 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

आठ महिनादेखि टोकियो ओलम्पिकको तयारी गरिरहेका धावक गोपीचन्द्र पार्कीले गत साता मात्रै आफूले खेल्न नपाउने थाहा पाएका थिए । खेलकुदका जिम्मेवार निकाय नेपाल ओलम्पिक कमिटी (एनआसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल र गोपीको सम्बन्धित खेल नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै उनले खेल्न नपाउने कारण सार्वजनिक गरेका थिए ।

यी तीनै निकायको दुर्लभ मिलनमा तयार पारिएको संयुक्त विज्ञप्तीबाट खेलकुदमा चासो राख्ने, एथलेटिक्स परिवार या गोपी स्वयं सन्तुष्ट हुन सकेका छैनन् । गोपीले खेल्न पाउने छैनन् भन्ने सबैलाई जानकारी भइसकेको छ । तर, खेल्न किन पाएनन् भन्ने विषयमा संयुक्त विज्ञप्तीमार्फत जुन दलिल पेश गरिएको छ त्यसले धेरैलाई चित्त बुझाउन सकेको छैन ।

गोपीको सरोकारवाला खेल संस्था एथलेटिक्स संघ र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) अन्तगर्त आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भित्रबाट संमन्वय गर्ने एनओसीको समान धारणा हुनुलाई स्वभाविक मान्न सकिएला, किनकी खेलाडीको सहभागितामा उनीहरुको अन्तरसम्बन्ध जरुरी छ । ती दुई संस्थाले कमजोरी गरेका छन् भने एकअर्काको बचाउनका लागि पनि सहकार्य गरेको आंलकन गर्न सकिन्छ ।

तर गोपीका विषयमा राखेप फड्के किनाराको साक्षी बसेकोमा भने धेरैले आशंका व्यक्त गरेका छन् । खेलाडी मर्कामा परेको अवस्थामा उनीहरुको हकका लागि बोल्नुपर्ने राखेपका सदस्य सचिव नै एनओसी र संघको ढाल बनेपछि सरोकारवालाहरु पनि मौन देखिएका छन् । जबकी सदस्य सचिव सिलवाल ओलम्पिकका लागि नेपाली टोलीको सेफ द मिसन पनि हुन् ।

संयुक्त विज्ञप्तीमा गोपीको सहभागिता हुन नसकेको जुन कारण देखाएको छ त्यो नै शंकास्पद रहेको एथलेटिक्स संघका पूर्व महासचिव सुनिल राजवंशी बताउँछन् । बिहीबार जारी संयुक्त विज्ञप्तीका अनुसार युनिभर्सालिटी प्लेसका लागि लामो सुची (लङ लिष्ट) मा गोपीको नाम पठाइएको जनाएको छ ।

म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथलेटिक्सको महिला विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ । एनओसी र संघले गोपीका लागि अथक प्रयास गरिएको पनि उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘तर सम्भव नभएको हुँदा १०० मिटर दौडका लागि नेपालकी उत्कृष्ट खेलाडी सरस्वती चौधरीको नाम पठाइएको जानकारी गराइन्छ ।’

पूर्व महासचिव राजवंशी भन्छन्, ‘ओलम्पिकमा पनि एथलेटिक्सको सबै काम अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) ले नै सबै हेरेको हुन्छ । उसैले आफ्ना सदस्य राष्ट्र र सम्बन्धित एनओसीलाई पत्रचार गर्दछ । तर, जुन समय सिमा म्याराथनका लागि तोकिएको थियो, त्यो समय भित्र गोपीको नाम दर्ता नभएको हुन सक्छ । विज्ञप्तीमा त्यो समय सिमाका बारेमा केहि बोलिएको छैन । त्यसले शंका गर्ने पर्याप्त आधार छ ।’

एथलेटिक्स संघका अध्यक्ष शाहको पहिलो कार्यकालको महासचिव रहेको राजवंशीका अनुसार ओलम्पिकको म्याराथनका लागि आईएएएफले मे २३ सम्मको समय सिमा तोकेको थियो । यसरी पठाइएको खेलाडीको नाम दर्ता भए नभएको जानकारी जुन २ मा नै आईएएएफले इमेलमार्फत पठाइसकेको हुनुपर्ने राजवंशीको तर्क छ । यदि नाम दर्ताका लागि प्रस्ताव नै गएको छैन भने त्यसमा सुचिमा राखे नराखेको जानकारी गराउन आवश्यक हुने विषय भएन ।

‘आईएएएफले ओलम्पिक सहभागिताका लागि विषयमा सबै सदस्य संघ र त्यहाँको ओलम्पिक कमिटिलाई त्यो इमेलमार्फत पत्राचार गरेको हुन्छ । अझ सदस्य संघलाई त अलग्गै लगइन पनि बनाएको छ जहाँ सुचनाहरु निरन्तर पठाइन्छ,’ अमेरिकामा रहेका राजवंशीले हाम्रो खेलकुदसँगको कुरानकानीमा भने, ‘मैले महासचिव हुँदा त्यो सबै काम आफै गरेको कारणले त्यसको अनुभवको आधारमा भनेको हुँ । तर अहिलेको घटना क्रम र संघको काम गराई हेर्दा त्यो दर्ताको अन्तिम मिति गुजारेको हुन सक्ने पर्याप्त आधार छ । खेलाडीको सहभागितालाई संवेदशिल भएर संघले काम गरेको देखिन्न ।’

त्यति मात्र होइन, निर्धारित मितिमा कुनै खेलाडीको दर्ता नभएपछि अर्को कुनै इभेन्ट्समा सहभागिता गराउनका अवसरका लागि पनि आईएएएफले जुन २३ सम्मको मिति तय गरेको थियो । त्यो म्याद पनि संघ र एनओसीले गुजारेको आशंका राजवंशीको छ । ‘हो म्याराथनको सहभागिता अन्तिम निर्णय आईएएएफको प्राविधिक समितिले गर्छ । उसले सहभागि गराउन नसक्ने भएको अवस्थामा जानकारी पनि दिन्छ । यदि तपाईले समयमा खेलाडीको दर्ता नै गर्नुभएन भने त्यसमा तपाईको सहभागिता हुँदैन भन्ने प्रष्ट हुन्छ,’ उनले थपे ।

‘त्यसपछि अर्को इभेन्टमा सोही खेलाडी वा अर्को कुनै इभेन्टमा अर्को खेलाडीको नाम पठाउनका लागि जुन २१ सम्मको मिति तय गरिएको थियो । योबीचमा नेपालमा गोपीको सहभागिता गराउन नसकिने वा अन्य कुनै विषयमा जानकारी दिइएन । त्यो पनि म्याद गुजारेको जस्तो देखिन्छ ।’

ओलम्पिकमा समावेश गरिने ५ वटा इभेन्ट बाहेक युनिभर्सिलाटी प्लेसेसमा जुन सुकै इभेन्ट्को खेलाडीको पनि सिफारिस सम्बन्धित संघले गर्न सकिने राजवंशीले दाबी गरे । ‘१० हजार मिटर, ३ हजार मिटर स्टिपल चेज, रिले इभेन्ट, हेप्टाथोलन र पेन्टाथोलनमा छनोट चरण नै पार गर्नुपर्ने हुन्छ । ती बाहेक जुन सुकै इभेन्टमा युनिभर्सिलाटी प्लेसमा सिफारिस गर्न मिल्छ,’ उनले भने ।

‘हो म्याराथनका हकमा प्राविधिक कमिटीले अन्तिम निर्णय लिने हुँदा त्यसबाट गोपीको नाम हटाउन सक्थ्यो । त्यो सम्भावनालाई अस्वीकार गर्न मिल्दैन । तर नाम पठाएर समावेश गराइने भने त्यसको जानकारी संघ र एनओसीलाई अवश्य दिन्छ । त्यो विषयमा संघ र एनओसी किन बोलेनन् ? दिएको समयमा नाम दर्ता नगरिएर अहिले त्यसलाई अर्कै मोड दिन खोजेको देखिन्छ ।’

दुई साता अघि नै एनओसी र संघलाई गोपीले ओलम्पिक खेल्न पाउदैनन् भन्ने जानकारी थियो भन्ने घटना क्रमले पुष्टी गरेको छ । दुई साता अघि नै सरस्वतीको नाम सिफारिस भएको एथलेटिक्स संघका अध्यक्ष शाहले गत साता नै बताइसकेका छन् । कुनै पनि हालतमा गोपीको सहभागिता नहुने भएपछि एथलेटिक्समा नेपालको सहभागिता छुट्ने भएपछि आईएएएफले १ सय मिटरको कोटा दिएको हुन सक्ने सम्भावना छ ।

तर, यो कुनै पनि जानकारी गोपीलाई दिइएन । ओलम्पिकमा सहभागी खेलाडीलाई गत बुधबार सोल्टीमा राख्ने राखेपले तयारी गर्ने क्रममा गोपीलाई नआउन भनिएपछि उनको सहभागिता नहुने सार्वजनिक भएको थियो । राखेपका तर्फबाट ओलम्पियनको व्यवस्थापनको जिम्मेवारी पाएका राष्ट्रिय टोली तयारी समितिका प्रमुख महेन्द्र राईले सुरुमा गोपीलाई बुधबार होटल आउन खबर पनि गरेका थिए । एनओसीले पठाएको सुचीमा उनको नाम नदेखेपछि राईले गोपीलाई फोन गरेर अहिले नआउन भनेका थिए ।

संघ, राखेप र एनओसीकै स्विकृती गत वर्ष मंसिरमा नेपालगन्ज म्याराथनको टोकियो ओलम्पिकका लागि म्याराथनको छनोट भएको थियो । त्यसमा गोपी विजयी भएका थिए । त्यसयता उनी नियमित प्रशिक्षणमा थिए । उनलाई एपिएफकै सन्तोष श्रेष्ठले प्रशिक्षण दिदै आएका थिए । तर, संघले भने एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङको नाम गोपीको प्रशिक्षकमा सिफारिस गरेको थियो । त्यसबाट पनि संघ र एनओसीबीचको सम्बन्ध प्रष्ट हुन्छ । डेढ वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता समेत रहेका गोपीले २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै नेपालगन्ज म्याराथन जितेका थिए ।

एउटा खेलाडीमाथि अन्याय भएको विषयमा छानविन हुनुपर्ने र उसलाई उचित क्षतीपूर्तीको व्यवस्था गरिनुपर्नेमा संघका पूर्व महासचिव राजवंशीले जोड दिन्छन् । ‘खेलाडीको खेल जीवन भनेको लामो हुँदैन । अहिले उ फर्ममा थियो । तर, उसमाथि नै अन्याय भएको छ,’ राजवंशी भन्छन्, ‘यस्तोमा उनले यति लामो समयदेखि देखेको सपनाको के अर्थ भयो । के देखेर नयाँ पुस्ता खेल क्षेत्रमा आउने यो घटनाले गम्भिर प्रश्न खडा गरेको छ । यसको सत्यतथ्य छानविन गरेर गोपीले न्याय पाउनुपर्छ । सबैले यसका लागि आवाज उठाउनुपर्दछ ।’

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.