4 years ago
July 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकमा भाग लिन एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । सरस्वतीले अर्को एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती सरस्वती सहित ५ खेलाडीले यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् ।
जसमध्ये सुटिङकी कल्पना परिवारले १० मिटर एयर राइफलमा ४६ औं स्थानमा रहँदै प्रतियोगिता सक्ने क्रममा शनिबार राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुडोकी सोनिया भट्टले भने पहिलो खेलमा पराजय भोगेकी थिइन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्णसहित ९ पदक विजेता गौरिका सिंह र एलेक्स शाहको प्रतिस्पर्धा बाँकी छ ।
टोकियो ओलम्पिकमा सबैभन्दा बढी विवाद एथलेटिक्समै भएको थियो । म्याराथन धावक एपिएफका गोपीचन्द्र पार्कीले आन्तरिक छनोटका रुपमा लिइएको नेपालगन्ज म्याराथन जितेपछि अन्त्यमा उनले भाग लिन पाएनन् । नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले संयुक्त प्रेस विज्ञप्ती निकालेर अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको प्राविधक समितिको हवाला दिदै म्याराथनमा कोटा भन्दा बढी सहभागी भएकोले गोपीलाई सहभागी गराउन नसकिने जनाएको थियो । तर, उनीहरुले दाबी गरे भन्दा फरक दिएको समय भित्र गोपीको नाम दर्ता नभएको खुलासा भएको थियो ।
गोपीको सहभागिता नहुने भएपछि सरस्वतीको नाम सिफरिस भएको थियो । गोपीको प्रशिक्षकका रुपमा एनओसीले एपिएफका सन्तोष श्रेष्ठकै नाम सिफारिस गरेको थियो । यद्दपी त्यसमा संघले भने एनओसीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङको नाम सिफारिस गरेको थियो । एनओसीले त्यसमा भने संघको सिफारिसलाई स्वीकार नगरि श्रेष्ठको नाम सिफारिस गरेको थियो । गोपीको सहभागिता नहुने भएपछि स्वतः श्रेष्ठ पनि टोकियो ओलम्पिकमा जाने सुचीबाट हटाइए ।

जब सरस्वतीले ओलम्पिक भाग लिने पक्का भयो उनको प्रशिक्षकका रुपमा पश्चिमाञ्चल खेलकुद विकास समितीकी उप निर्देशक समेत रहेकी इन्द्राकुमारी मल्ललाई पठाउने संघले एनओसीलाई सिफारिस गर्यो । अन्य टोलीसँगै मल्ल पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विदाईमा समावेश भइन् । तर अघिल्लो शनिबारको कोरोना परिक्षणमा मल्लको रिपोर्ट पोजेटिभ आएको जनाउँदै एनओसीले सुरुमा लङ लिष्टमा रहेका श्रेष्ठकै नाम सिफारिस गरेको जनायो ।
कोभिडका दुवै डोज खोप लगाएकी मल्लले भने कसैको नियत वा गल्तीले आफ्नो रिपोर्ट गलत आएको भन्दै आफूलाई अन्याय परेको बताइन् । उनले स्टार अस्पतालसहित ४ अस्पतालमा आइतबारको गरेको परिक्षण रिपोर्ट नेगेटिभ आएको सार्वजनिक गरेकी थिइन् । एनओसीका उपाध्यक्ष समेत रहेको कार्यकारी अधिकृत चतुरानन्द राजवैद्यले भने जापान जानुअघिको सातदिन लगातार कोभिड परिक्षणको रिपोर्ट नेगेटिभ आएकोले मात्र भ्रमण गर्न पाउने मापदण्ड रहेको बताए ।
मल्लको सट्टा जान लागेका श्रेष्ठले आफ्नो आलोचना भएकोमा दुःख व्यक्त गरेका छन् । ‘मैले चाहेर हुने होइन । जसरी केहिले मलाई गाली गर्नुभएको छ त्यसले दुःखी बनाएको छ,’ उनले भनेका छन्, ‘एनओसीले खबर गरेपछि म जान लागेको छु ।’ मल्ल जान नपाउने भएपछि पछिल्लो ६ दिन देखि श्रेष्ठले सरस्वतीलाई प्रशिक्षण गराइरहेका थिए । नेपाली सेनामा भर्ना हुनुअघि सरस्वती एपिएफमा थिइन् । एपिएफमा रहँदा श्रेष्ठले सरस्वतीलाई प्रशिक्षण दिएका थिए ।
सरस्वतीले ३० जुलाईमा महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । खेल विहान ९ बजेपछि सुरु हुनेछ । यो टोकियो आलेम्पिकका नेपालको लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । सुरुवाटमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएपनि अन्तिम समयमा सरस्वती चौधरीले १ सय मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।
त्यसअघि २७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्ट दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
२८ जुलाईमा गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको हिट चरण दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]