default_image

3 years ago

August 24, 2021

युथ एथलेटिक्स च्याम्पियनसिप मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – हालै गठन भएको एथलेटिक्स परिवार नेपालले मंसिरमा युथ एथलेटिक्स च्याम्पिनसिप आयोजना गर्ने भएको छ । काठमाडौंमा मंसिर १८ गते हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू २० उमेर समूहको प्रतिस्पर्धा समावेश गरिने एथलेटिक्स परिवारले मंगलबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । च्याम्पियसिपमा यू १६ का १२ र यू २० का […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हालै गठन भएको एथलेटिक्स परिवार नेपालले मंसिरमा युथ एथलेटिक्स च्याम्पिनसिप आयोजना गर्ने भएको छ । काठमाडौंमा मंसिर १८ गते हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू २० उमेर समूहको प्रतिस्पर्धा समावेश गरिने एथलेटिक्स परिवारले मंगलबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

च्याम्पियसिपमा यू १६ का १२ र यू २० का १६ गरि कुल २८ इभेन्ट्समा प्रतिस्पर्धा हुने बताइएको छ । छात्र छात्रा यू १६ मा ६० मिटर, सय मिटर, ८ सय मिटर, सटपुट थ्रो, लङजम्प र ४ गुणा सय रिलेको प्रतिस्पर्धा हुनेछ । त्यस्तै छात्र छात्रा यू २० मा सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ४ गुणा सय मिटर रिले दौड समावेश हुने एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

साउनमा गठन भएको एथलेटिक्स परिवारले भदौ १ गते पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७८–०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको थियो । समितिका अध्यक्ष खत्रीले यस आर्थिक वर्षका लागि चार खेलकुद प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखिएको र विस्तारै प्रतियोगिताबाहेक अन्य गतिविधि पनि अगाडि बढाउँदै लैजाने बताएका थिए ।

सोही घोषणा अनुसार मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६, यु–२०) आयोजना हुन लागेको हो । माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट आयोजना गर्ने एथलेटिक्स परिवारको योजना छ । त्यस्तै २०७९ साउनमा खुला क्रसकन्ट्री दौड आयोजना गर्ने बताइएको छ । झिल्टुङसँग एथलेटिक्स परिवारको सहकार्य रहनेछ ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.