4 years ago
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयका सह सचिव विष्णुराज ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिव तोकिएको युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव समेत रहेका प्रवक्ता कमल प्रसाद पोखरेलले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसकेको मन्त्रीस्तरीय बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम ढकाललाई सदस्य सचिव नियुक्त गरिएको बताइएको छ । ‘ऐनको व्यवस्था अनुसार अर्को व्यवस्था नभएसम्मका लागि विष्णुराज ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिएको छ,’ निमित्त सचिव पोखरेलले भने ।
कात्तिक १ गते बसेको मन्त्री परिषद् बैठकले तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेयता पद रिक्त थियो । रमेश सिलवाललाई मन्त्री परिषद्को कात्तिक १ गते बसेको बैठकले बर्खास्त गरेपछि राखेप सदस्य सचिवको पद रिक्त रहेको थियो । सिलवालको काम प्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरिएको खेलकुद मन्त्री गहतराजले बताएका थिए । सिलवाल गत साउनमा दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए । पहिलो पटक २०७६ को असारमा सदस्य सचिव नियुक्त भएका सिलवालको पालामा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७
दफा १७ को उपदफा १२
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणले सदस्य सचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्य सचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकिन प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम् कर्मचारीलाई सदस्य सचिवको रुपमा कामकाज गर्ने गरि तोक्न सक्नेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]