default_image

7 years ago

October 17, 2017

एआइपिएस–एसियाका नवनिर्वाचित कोषाध्यक्ष राजवंंशीलाई मञ्चको सम्मान

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन (एआइपिएस–एसिया)को कोषाध्यक्षमा निर्वाचित हुन सफल नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्वअध्यक्ष निरञ्जन राजवंंशीलाई मञ्चले सम्मान गरेको छ ।


असोज २० गते पाकिस्तानको इस्लामावादमा सम्पन्न निर्वाचनबाट मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । बिबिसी नेपाली सेवाको खेलकुद संवाददाता राजवंशी यसअघि पनि एआइपिएस–एसियाको कोषाध्यक्ष नै रहेको थियो । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए ।

२५ भोटमध्ये राजवंशीले १८ र अलीले ७ मत प्राप्त गरेकी थिइन् । एक कार्यकाल सदस्य रहेका राजवंशी गतबर्ष कोषाध्यक्षमा निर्वाचित भएका थिए । तर, विविध कारणले विशेष साधारणसभा यसै बर्ष हुन पुगेको थियो । मञ्चको प्रतिनिधित्व गर्दै राजवंशी पहिलो पटक सन् २०१२ मा एआइपिएस–एसियाको सदस्य निर्वाचित भएका थिए ।

उनी २०६० साल देखि निरन्तर नौं वर्ष मञ्चको अध्यक्ष बनेका थिए । २०५२ सालमा समाचारपत्र दैनिकबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी अहिले बिबिसी नेपाली सेवामा कार्यरत छन् । कार्यक्रममा मञ्चका पदाधिकारीसँगै खेलकुद क्षेत्रका व्यक्तित्वहरुले निर्वाचित राजवंशीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्मानित भएपछि राजवंशीले नेपाली खेलकुद पत्रकारितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न आफ्नो कार्यकालमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो मेरा मात्र नभई सम्पुर्ण नेपाली खेलकुद पत्रकारहरुको जित हो ।’

राजवंशीले भने, ‘अन्तराष्ट्रिय मञ्चमा नेपालको सहभागिताले नेपाली खेलकुद पत्रकारिताको विकास र विस्तारमा सघाउ पुग्नेछ ।’ खेलकुद पत्रकारिता सम्बन्धमा एसियामा आउने जुनसुकै अवसर तथा कार्यक्रमहरुमा नेपाली सहभागिताको ढोका खुलेको राजवंशीले बताए ।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राजवंशीलाई बधाई ज्ञापन गर्दै राजवंशीले नेपाली खेलकुद पत्रकारितामा अतुलनीय योगदान पु¥याएको चर्चा गरे ।‘निरन्तरता, इमान्दारिता र समर्पणले सफलता दिन्छ ।’ यो जित त्यसैको फल हो ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैको प्रतिफल स्वरुप मञ्चले अन्तराष्ट्रिय फोरममा विजयी प्राप्त गरेको छ ।’

त्यस्तै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राजवंशी खेल पत्रकारको मात्र नभई खेलाडीहरुका लागि पनि प्रेरणाको स्रोत भएको बताए । सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने, नेपाल गल्फ संघका अध्यक्ष टाँसी घले, मञ्चका अध्यक्ष महेश आचार्य, प्रथम उपाध्यक्ष देवेन्द्र सुवेदी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्च सन् २००६ देखि एआइपिएस–एसियाको सदस्य बनेको थियो ।

Success

Thank you for your time.