default_image

6 years ago

November 26, 2018

रुस्लान थ्री स्टार विरुद्ध एनआरटी (लाइभ)

49 views

0 Bookmark

रुस्लान थ्री स्टार विरुद्ध न्यू रोड टिम (एनआरटी)

प्रत्यक्ष प्रसारण :

चिर परिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लबसँग पराजित भएसँगै रुस्लान थ्री स्टार क्लबले लिग तालिकाको शीर्ष स्थान गुमायो । तेस्रो खेलमै हार बेहोरेको थ्री स्टार अब फेरी जितको लय समात्ने धुनमा सोमबार न्यू रोड टिम (एनआरटी) को सामना गर्दैछ ।

प्रशिक्षक मेघराज केसीले मनाङविरुद्ध हारपछि लिगको अन्य १३ टोलीझैं मनाङविरुद्धको खेल पनि ३ अंककै लागि भएको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । उनको टोलीले अब लिगमा आफ्नो दावेदारी प्रस्तुत गर्न यस खेल जित्नेपर्ने हुन्छ । यसका लागि टोली तयार रहेको सहायक प्रशिक्षक अशोक राईले खेलको पूर्वसन्ध्यामा बताएका छन् ।

यता एनआरटीले लिगको चौथो खेलमा आइपुग्दा उपाधि दावेदारीमा रहेका टोलीविरुद्ध लगातार खेलेको छ । पहिलो खेलमा आर्मीसँग २-२ को बराबरीमा रोकिएको एनआरटी त्यसपछि मनाङ र च्यासलसँग पराजित भएको थियो । प्रशिक्षक महेश्वर मुल्मी थ्री स्टारविरुद्ध पनि एनआरटीलाई कुनै दबाब नरहने र आफ्नो खेल खेल्ने बताउँछन् ।

December 12, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

Success

Thank you for your time.