default_image

6 years ago

December 5, 2018

रुस्लान थ्री स्टार विरुद्ध सरस्वती (लाइभ)

44 views

0 Bookmark

रुस्लान थ्री स्टार क्लब विरुद्ध सरस्वती युवा क्लब

प्रत्यक्ष प्रसारण:

यहाँ थिचेर प्रत्यक्ष प्रसारण हेर्नुहोस्

थ्री स्टारले लिगको ५ खेलमा ४ जित दर्ता गर्दै १२ अंक जोडेको छ । तेस्रो खेलमा मनाङसँग २-१ ले पराजित भएयता थ्री स्टारले लगातार दुई जित दर्ता गरिसकेको छ । पछिल्लो खेलमा न्यू रोड टिम (एनअारटी) लाई २-० ले‌ पराजित गर्दा फरवार्ड रन्जन विष्टले २ गोल गरेका थिए । उनले जारी लिगमा ४ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् ।

यता सरस्वती लगातार दुई खेल जितेपछि पछिल्लो खेलमा भने मनाङसँग पराजित हुन पुग्यो । ५ खेलमा ६ अंक जोडेको सरस्वतीले मनाङलाई निकै कठिन चुनौती प्रस्तुत गरेको थियो । विदेशी खेलाडी अाएपछि सरस्वतीको प्रदर्शनमा सुधार अाएको छ । थ्री स्टारले डिफेन्स तोड्न निकै कसरत गर्नुपर्ने हुन्छ ।

यसखेल जितेमा थ्री स्टारले संकटासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लने मौका पाउनेछ ।

December 12, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

Success

Thank you for your time.