default_image

6 years ago

December 5, 2019

नेपालले गर्यो स्वर्णमा आठौंको बराबरी

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अहिलेको दक्षिण एसियाली खेलकुद (साग) तथा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुदमा नेपालको अहिले सम्मको उच्च प्रदर्शन आठौं सस्करण हो । त्यति बेला नेपालले पहिलो पटक समावेश तेक्वान्दो र करातेमा क्लिन स्विप नै गरेको थियो ।

जसका कारण नेपाल पहिलो पटक साग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको थियो । नेपालमा आयोजना भएको त्यो संस्करणमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो । जसमा तेक्वान्दो र करातेमा समान १४, बक्सिङमा २ र पौडीमा १ गरि ३१ स्वर्ण पदक जितेको छ ।

यसपटक १३ औं साग औपचारिक रुपमा सुरु भएको पाँच दिन पुग्दैछ । नेपालले आठौंको त्यो स्वर्णको कीर्तिमानलाई बराबरी गरेको छ । साइक्लिङको क्रस कन्ट्रीमा बिहीबार लक्ष्मी मगरले स्वर्ण पदक जितेसँगै यसपटक नेपालको स्वर्ण संख्या ३१ पुगेको छ । साग सुरु हुनुअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले यसपटक नेपालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने दाबी गरेका थिए ।

उनले दाबी गरे जस्तो नेपालको प्रदर्शन होला न होला त्यसका लागि अझै केहि दिन कुर्नुपर्ने हुन्छ । यसपटक पनि नेपालले तेक्वान्दो र करातेमा उच्च प्रदर्शन गरेको छ । तेक्वान्दोले मात्र ११ र करातेले १० गरि यी दुई खेलले २२ स्वर्ण पदक जितिसकेको छन् । त्यसबाहेक नेपालले उसुमा ४ , साइक्लिङमा ३, ट्रायथोलन २ र एथलेटिक्स १ जितेको छ ।

१३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

आठौं सागका स्वर्ण पदक विजेता, सन् १९९९

१. प्रकाश थापागमर, बक्सिङ

२. रामचन्द्र थापामगर, बक्सिङ

३. रवि महर्जन, कराते

४. दीपक श्रेष्ठ,कराते

५. धोजमान मोक्तान, कराते

६. सुरेन्द्रलाल श्रेष्ठ, कराते

७. राजेश श्रेष्ठ, कराते

८. कृष्ण गुरुङ, कराते

९. प्रिति डंगोल, कराते

१०. टिम काता, कराते

११. गंगाराम महर्जन ( काता) कराते

१२. निता राई, कराते

१३. निमा पाठक, कराते

१४. जुनु राई, कराते

१५. विनिता चौधरी, कराते

१६. टिम काता (महिला), कराते

१७. पौडी (रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह)

१८. संगिना बैद्य, तेक्वान्दो

१९. रेनुका रानामगर, तेक्वान्दो

२०. सविता राजभण्डारी, तेक्वान्दो

२१. प्रमिला थापा, तेक्वान्दो

२२. बन्दना श्रेष्ठ, तेक्वान्दो

२३. रितु जिमी राई, तेक्वान्दो

२४. किशोर श्रेष्ठ, तेक्वान्दो

२५. अशोककुमार लामा, तेक्वान्दो

२६. कोशिस खड्का, तेक्वान्दो

२७. दीपक विष्ट, तेक्वान्दो

२८. रवि उज्वज थपलिया, तेक्वान्दो

२९. कमल क्षेत्री, तेक्वान्दो

३०. राजकुमार राई, तेक्वान्दो

३१. सीता राई, तेक्वान्दो

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.