4 years ago
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अर्को महिना प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चैत ९ गते देखि सुरु हुने प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) का झण्डै २ सय खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश गरिने बताइएको छ । यू–१५ महिला / पुरुष सिंगल्सको विजेताले १५ हजार दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । महिला/ पुरुष सिंगल्सका विजेताले ३५ हजार, दास्रोले २० हजार र तेश्रो हुनेले १२ हजार ५ सयका रुपैयाँ पाउनेछन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता आयोजनाको उद्देश्य जानाकरी गराउँदै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो ।’
चार दिन सम्म चल्ने प्रतियोगितामा झण्डै १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक संघका प्रथम उपाध्यक्ष नवीन प्रजापतिलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको बताइएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत अतिथि सत्कारमा सुरेन्द्र प्रजापति, पुरस्कारमा सविन ढुंगेल, प्राविधिकमा चन्दन कोजू, खेलस्थलमा गणेशराम मुस्याख्व र स्वयंसेवकमा राधेश्याम मचामसी संयोजक तोकिएका छन् ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी दिदै खेल सामाग्री उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताए । श्रेष्ठले खेलाडीको वरियता निर्धारणमा पनि प्रतियोगिताले मान्यता पाउने जनाउँदै स्थापनाकालदेखि भक्तपुर जिल्ला ब्याडमिन्टनले खेलको विकासमा चलायमान रहँदै योगदान पु¥याइरहेको बताए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]