3 years ago
July 8, 2022
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफयल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएका छन् । पेटको चोटको कारण उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।

बिहीबारको परिक्षणपछि उनको पेटको मांसपेशीको एक भाग ७ एमएम च्यातिएको बताइएको छ । विम्बल्डनको सुरुवातदेखि नै पेटको समस्यासँग जुधेका नाडालले क्वाटरफाइनलमा टेलर फ्रिट्जसँगको खेलपछि झन बढी दुखाईको महसुस भएको बताएको थियो ।
कोर्टमा जानुअघि नै नाडालले चोटकै कारण प्रतियोगिताबाट नाम फिर्ता लिनु परेको यो छैटौं पटक हो । कीर्तिमानी २२ पटकको ग्रान्डस्लाम विजेता नाडाल दुई पटकको ग्रान्डस्लाम च्याम्पियन हुन् । नोभाका जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।
‘दुर्भाग्यवश म यहाँ छु, किनभने मैले प्रतियोगिताबाट बाहिरिनु परेको छ ।’ ३६ वर्षीय नाडालले भने, ‘मैले दिनभरिमा निर्णय गर्नेबारे सोचेका थिए । तर, मलाई लाग्छ म कोर्टका जानुको कुनै अर्थ छैन । मैले खेलेको अवस्थामा चोट झनै बल्झिन सक्छ, यो अवस्थामा म प्रतिस्पर्धी हुनेछैन ।’
नाडालले सेमिफाइनलमा अष्ट्रिय निक किर्गियोससँग खेल्ने तय थियो । अब नाडालले आफ्नो नाम फिर्ता लिएसँगै किर्गियोस फाइनलमा प्रवेश गरेका छन् । अब किर्गियोसले शीर्ष वरीयताका सर्वियन जोकोभिच र बेलायती क्यामरुन नोरीबीचको विजेतासँग फाइनलमा खेल्नेछ ।
सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा ४ घन्टा २१ मिनेट चलेको खेलबाट नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–६, ७–५, ३–६, ७–५ र ७–६ (१०–४) को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका थिए ।


November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]


September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]


August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]