default_image

3 years ago

July 12, 2022

जोकोभिचको स्वदेशमा भव्य स्वागत

253 views

0 Bookmark

एजेन्सी – विम्बल्डन विजेता नोभाक जोकोभिचलाई स्वदेशमा भव्य स्वात गरिएको छ । विवादास्पद खेलमा अष्ट्रेलियन निक किर्गीओसलाई चार सेटसम्म चलेको फाइनलमा पराजित गर्दै आइतबार जोकोभिचले लगातार चौथो पटक विम्बल्डन टेनिसको उपाधि जितेका थिए । त्यो उनको खेल जीवनको २१ औं ग्रान्डस्लाम उपाधि हो ।

विम्बल्डन च्याम्पियन बनेर फर्केपछि उनलाई हजारौं समर्थकले बेलग्रेडको सिटी हलमा स्वागत गरेका थिए । उनको सफलतामा आतिशवाजी गर्नुका साथै कन्सर्टको पनि आयोजना गरिएको थियो । ३५ वर्षे स्टारले आफूले हस्ताक्षर गरेका २० वटा टेनिस बल समर्थकको भिडमा फालेका थिए । उनले समर्थकका साथ आफ्नो सातौं विम्बल्डन उपाधिसहितको तस्बिर खिचेका थिए । उनी रोजर फेडरर भन्दा एक उपाधिले मात्र पछाडि छन् । फेडेररले कीर्तिमानी ८ पटक विम्बल्डन जितेका छन् ।

जोकोभिचले सन् २०१८ यता लगतार चार पटक विम्बल्डन जितेका हुन् । सन् २०२० मा भने कोभिड महामारीका कारण विम्बल्डन स्थगित भएको थियो । राफल नाडालको सर्वाधिक ग्रान्डस्लाम उपाधि भन्दा जोकोभिच पछाडि छन् । स्पेनिस स्टार नाडालले २२ र जोकोभिचले २१ ग्रान्डस्लाम जितेका छन् ।

Serbian tennis player Novak Djokovic holds up the winner’s trophy during a welcoming ceremony in front of the city hall in Belgrade, in Serbia, July 11, 2022. REUTERS/Zorana Jevtic

जोकोभिचले अगष्टमा उनले युएस ओपन भने त्याग्न परेको थियो । कोभिडविरुद्धको भ्याक्सिन नलगाएका कारण उनी प्रतियोगिताबाट निष्काशित गरिएका थिए ।

अष्ट्रेलियाले आफूमाथि गरेको प्रतिबन्ध फुकुवा गर्नेमा जोकोभिच आशावादी रहेका छन् । ‘म अष्ट्रेलिया र अमेरिका भ्रमण गर्न सक्दिन । तर, मैले सकारात्मक समाचारको अपेक्षा गरेको छु,’ जोकोभिचले भनेका छन्,‘ मलाई विश्वास छ अष्ट्रेलियन ओपनका पनि विषयहरु फेरिनेछन् । युएस ओपनका लागि पनि अब धेरै समय छैन । म युएस र अष्ट्रेलियष्न ओपन खेल्न चाहन्छु । यदि त्यो सम्भव भएन भनेपछि सबैथोक अन्त्य भने हुने छैन । ’

जोकोभिचको भव्य स्वागत भएकै दिन जारी विश्व वरियतामा भने उनी सातौं स्थानमा पुगेका छन् । पछिल्लो चार वर्षयता त्यो उनको कमजोर वरियता हो ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.