3 years ago
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन खेलाडी उत्पादनको मुख्य उद्देश्य राखेर स्थापना भएको काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले मुख्य प्रायोजकका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल पाएको छ ।
केबिएलाई प्रेसिडेन्सियलले वार्षिक १५ लाख रुपैयाँ बराबरको प्रायोजनको बुधबार सम्झौता गरेको छ । प्रेसिडेन्सियलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र केबिएकी अध्यक्ष रिता विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । गरु पूर्णिमाका अवसरमा केबिएले ब्याडमिन्टनका प्रशिक्षक, ब्याडमिन्टनकर्मी र खेलकुद पत्रकारलाई सम्मान गर्ने कार्यक्रमकै दौरान सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
सम्झौतापछि अब एकेडेमीको नाम केबिए प्रेसिडेन्सियल काठमाडौँ ब्याडमिन्टन एकेडेमी रहने बताइएको छ । प्रेसिडेन्सियल विजनेस स्कुलले केबीएलाई बार्षिक ५ लाख नगद र केबीएका खेलाडीलाई प्रेसिडेन्सियल कलेजमा १० लाख बराबरको व्याचलर र मास्टर्स लेबलका कोर्स अध्ययन गर्ने सुविधा दिने सम्झौतामा उल्लेख रहेको बताइएको छ । प्रायोजना दुई वर्षका लागि गरिएको छ ।
केबिए २०७७ साल पुसमा स्थापना भएको थियो । गैर नाफामूलक संस्थाको रुपमा स्थापित एकेडेमीले छोटो अवधिमै अन्तर स्कूल प्रतियोगितामा च्याम्पियन खेलाडी निकालेको थियो । राखेपमा ब्याडमिन्टनका पूर्व मुख्य प्रशिक्षक उदय कुमार श्रेष्ठलाई प्रमुख प्लेयर्स डेभलप्मेन्ट डिपार्टमेन्टको जिम्मेवारी दिएको एकेडेमीमा विश्व ब्याडमिन्टन महासंघका प्रमाणपत्र प्राप्त प्रशिक्षक बालकृष्ण थापा र पुरुषोत्तम ढकालले खेलाडीलाई प्रशिक्षण दिदै आएका छन् ।
केबीएको प्रशिक्षण अचेल देवीनगर क्लब, बानेश्वरमा नियमित भइरहेको एकेडेमीले जनाएको छ । ब्याडमिन्टन प्रवर्धन गर्ने उद्देश्य अनुरुप एकेडेमीले गत वर्ष कुमारी बैंक काठमाडौ टिम च्याम्पियनसिप २०२१ कर्पोरेट आमान्त्रण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]