3 years ago
September 6, 2022
बिर्तामोड (हाम्रो खेलकुद) – झापाको भद्रपुरमा भएको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले उचालेको छ ।

मंगलबार भएको फाइनलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै वाणिज्य बैंक बिर्तामोड शाखाले उपाधि रक्षा गरेको हो । वाणिज्य बैंकको तर्फबाट प्रज्ज्वल ओझा र खगेन्द्र कन्दङवाको जोडी तथा विद्युत प्राधिकरण दमक वितरण केन्द्रको तर्फबाट धीरेन्द्र बजगाईं र टंकप्रसाद उप्रेतीको जोडीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
वाणिज्य बैंकको जोडीले सेमिफाइनलमा जिल्ला अदालत झापाका न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद रिजालको जोडीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, अर्जुनधारा नगरपालिकाका हिमराज सेढाइँ र विपिन लम्सालको जोडीलाई हराउँदै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडी फाइनल पुगेको थियो ।
विजेता जोडीले १० हजार र दोस्रो हुने टोलीले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भदौ २२ गते निजामती सेवा दिवस समारोहमा नगद र ट्रफी वितरण गरिनेछ । निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारी मिलन केन्द्र भद्रपुरले सदस्यहरूबीच प्रतियागिता गराएको खेल संयोजक डिभिजन सिँचाइ कार्यालय भद्रपुरका प्रमुख कृष्ण राजवंशीले बताए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]