3 years ago
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

गए राती अचानक स्वास्थ्यमा खराबी भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सिंहको बिहीबार दिउँसो १२ः३० बजे निधन भएको उनका भतिज समेत रहेका नेपाल ब्याडमिन्टन संघका सचिव समिरबहादुर सिंहले जानकारी दिए ।
‘हिजो राती फुड पोइजनले भोमिटिङ भएपछि अस्पताल पुर्याएका थियौं । मुटुको विरामी पहिला देखि नै हुनुहुन्थ्यो,’ भजित सिंहले भने ।
सिंह २०५९ देखि २०६३ सम्म राखेको सदस्य सचिव रहेका थिए । उनी छ पटकका राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन हुन् । बेलायतबाट शुक्रबार छोरी काठमाडौं आएपछि अन्तिम संस्कार गर्ने उनले जानकारी दिए । सिंहको श्रीमती र एक छोरी छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]