2 years ago
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् ।

पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा आइतबार भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे । पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम थापा र रुपेन गुरुङको जोडीलाई सीधा सेटमा २१–१२ र २१–१९ ले हरायो ।
भेट्रान डबल्स पुरुष ५० वर्षमाथि पिताम्बर तिम्सिना र प्रकाश थापाको जोडी पहिलो भयो । तिम्सिना र थापाको जोडीले फाइनलमा भोला वाग्ले र सुवास प्रसाईंको जोडीलाई २१–१२ र २३–२१ ले पराजित गर्यो । विजयीदशमीको उपलक्ष्यमा असोज २५ गते देखि सुरु भएको प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे । सो अवसरमा नेपाल सरकारका सचिब तोयम रायमाझी, नेपाल ओलम्पिक कमिटीका सहमहासचिब पिताम्बर तिम्सिना, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, शसस्त्र प्रहरी बलका डिआइजी दुर्गा भट्टराइ तथा नेपाल खेलकुद महासंघका कोषाध्यक्ष उज्जल सुबेदीलगायतको उपस्थिति थियो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]