2 years ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष वरियताका अरहन्तकेशर सिंहले मंगलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।

अमिर ब्लोन र दिपक थापा पनि अन्तिम चारमा पुगे । होङजाउ एसियाडमा नेपालको प्रतिनिधित्व गरेका अमिरले राजेन्द्र शाक्यलाई ११–५, ११–६, ९–११ र १२–१० तथा दीपकले ऋषभ चुरिवाललाई ११–६, ११–७ र ११–४ ले हराए ।
अर्को खेलमा छविलाल पाइजा पुनले रोहन परियारलाई ११–६, ११–२ र ११–५ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए।
यसैगरी मास्टर्स ५० प्लसमा प्रज्वल प्रधान, लालबहादुर गुरुङ र छविलाल विजयी भए। प्रज्वलले महेन्द्र वैद्यलाई १०–१२, ११–६, ११–६ र ११–८, लालबहादुरले जितेन्द्र जोशीलाई १६–१४, ९–११, ११–८ र ११–७ तथा छविलालले इन्द्रबहादुर कार्कीलाई ११–६, ११–५ र ११–९ ले पराजित गरे ।
नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता आयोजना भएको हो ।
एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]