2 years ago
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)- उमित शाक्य एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताको पुरुष एकलमा सेमिफाइनल छन् ।

बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराउँदै उमित अन्तिम चारमा पुगेका हुन्। योसँगै पुरुष एकलको सेमिफाइनल समिकरण पूरा भएको छ ।
मंगलबार शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दिपक थापा सेमिफाइनल पुगेका
थियो । सेमिफाइनलमा उमितले अरहन्त र अमिरले दिपकसँग प्रतिस्पर्धा गर्ने छन्।
यसैगरी महिला एकलमा गत एसियाडमा खेल्ने दुई खेलाडी विपना ब्लोन र स्वस्थानी श्रेष्ठसँगै धकमाया पाइजा पुन विजयी भए ।

विपनाले साक्षी कुँवरलाई ११–३, ११–३, ११–७, स्वस्थानीले अस्मिता नगरकोटीलाई ११–५, ११–८ र ११–८ तथा धकमायाले युनी ताम्राकारलाई ११–७, ११–४ र ११–३ ले पराजित गरिन् ।
ब्वाइज यु१९ मा विकास तुम्सिङ मगरले हेलिस घिसिङलाई ११–१, ११–२, ११–४, रोहन परियारले सञ्जय श्रेष्ठलाई ११–६, ११–३, ११–६ र राकेश परियारले किशोर श्रेष्ठलाई ५ सेटमा ८–११, ११–३, ११–१, ५–११ र ११–४ ले निराश बनाए ।
गल्र्स यु१९ मा रचना प्रजाले दोहारो जित निकालिन् । रचनाले युनीलाई ११–५, ११–६ र आग्या सुनुवारलाई ७–११, १२–१० र ११–६ ले पराजित गरिन् ।
साक्षीले मिलियाना कुँवरलाई ११–१, ११–० र अर्पणा प्रजाले नियुक्ती श्रेष्ठलाई ११–५, ११–१ ले हराइन्।
नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास आयोजना गरिएको हो ।
एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मंसिर २९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरि ६ विधामा प्रतिस्पर्धा भइरहेको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]