default_image

2 years ago

February 21, 2024

कोशी स्तरीय ब्याडमिन्टन सुरु

551 views

0 Bookmark

दीपक बोहोरा, पाँचथर
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ५ विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको महिला र पुरुष एकलतर्फका खेल भएका छन् ।

महिला एकलमा मोरङकी सिमा राजवंशी, तेह्रथुमकी भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकी अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ, धनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा मगर, र झापाकी अञ्जना राई विजयी हुँदै क्वाटर पुगेका छन् ।

पुरुष एकलमा भोजपुरका विशाल तामाङ, पाँचथरका दिवस शंकर, तेह्रथुमका नवीन सिल्वाल, भोजपुरका विवेक श्रेष्ठ, सोलुखुम्बुका सगुन कार्की, तेह्रथुमका विवेक कन्दवा, उदयपुरका सुजल चौधरी, ताप्लेजुङका मिलन गुरुङ विजयी हुँदै अन्तिम आठमा पुगेका छन् ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन भइरहेको छ । प्रतियोगितामा महिला पुरुष एकल, युगल र मिश्रित युगलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

हेटौंडामा फागुन २४ गते देखि हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताका लागि जारी प्रतियोगिताबाट महिल र पुरुषतर्फ समान ३ खेलाडी छनोट गरिने बताइएको छ । जिल्ला समन्वय समिति पाँचथरका प्रमसख रामराज आङदेम्बेले प्रतियोगिताको उद्घाटन गरे ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.