default_image

2 years ago

February 23, 2024

सिमा र विशाललाई ब्याडमिन्टन उपाधि

512 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा मोरङकी सिमा राजवंशी उपाधि जितेकी छन् । सिमाले शुक्रबार भएको फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउदै उपाधि जितेकी हुन् ।

पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन् । विशालले फाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२ र २१–१३ को सोझो सेटमा हराउदै उपाधि जिते ।

पुरुष युगलको उपाधि तेह्रथुमका विकेक कन्दवा र नविन सिल्वालको जोडीले जितेको छ । विवेक र नविनको जोडीले भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडीलाई २१–१६ ,१६–२१ र २१–१७ ले हराएको थियो ।

महिला युगलको उपाधि खोटाङका रेनुका राई र समिता राईको जोडीले जित्यो । रेनुका र समिताको जोडीले सुनसरीका योगीता लिम्ब र सृष्टि राईको जोडीलाई २१–१७ र २१–१२ को सेटमा हराएको थियो ।

मिश्रित युगलको उपाधि मोरङका सुप्रिम पन्त र सिमा राजवंशीको जोडीले जित्यो । सुप्रिमत र सिमाको जोडीले दिशस शंकर र छाया केरुङको जाडीलाई १७–२१ २१–१५ र २१–१९ ले हराएको थियो ।

भेट्रान्स तर्फ ४५ वर्ष माथिको उपाधि पाँचथरका सन्तोष मोक्तान र अनिल थाम्सुहाङको जोडीले जितेको छन् । सन्तोष र अनिलको जोडीले पाँचथरका दिपक आङदेम्बे र घनकुटाका शिखर श्रेष्ठको जोडीलाई २१–१६ १९–२१ र २१–१४ ले हरायो ।

भेट्रान्स तर्फकै दुई खेलाडीको उमेर जोड्द एक सय वर्ष भन्दा माथि हुने उमेर समुहको उपाधि झापाका प्रकाश राई र मोरङका उत्तम सिंखडाको जोडीले जित्यो ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका थिए ।

जिल्ला समन्वय समिति पाँचथरको कभर्डहलमा भएको प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको ६८ खेलाडीको सहभागिता थियो ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे । भेट्रान्सतर्फ विजेताको जोडीले ३० र दोस्रो जोडीले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.