2 years ago
February 28, 2024
सुमन अधिकारी, बुटवल
रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा जारी छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० अन्तरगत दोस्रो दिन बुधवार मेन्स सिगलतर्फ अन्तिम आठको टुंगो लागेको छ ।
दोस्रो दिन खेलाइएका ३४ खेल सम्पन्न भएको छ । रितिक राना, प्रदिप खड्का, आर्यन गिरी, प्रनव मानन्धर, प्रनव खनाल, निशान श्रेष्ठ, आशिष खड्का, सक्षम भुषण शाह मेन्स सिंगलको क्वार्टरफाइनलमा पुगेका छन् ।
देविनगरस्थित लनटेनिस कोर्टमा भएको खेलमा रितिक रानाले बिबेक गर्बुजालाई ६–३, ६–१ ले, प्रदिपले दर्शिल श्रेष्ठलाई ६–२, ७–५ ले, आर्यनले नेहालजंग थापाले ६–३, ६–० ले, प्रनवले आयुषमान गोललाई ६–०, ६–० ले हराए । त्यस्तै प्रनव खनालले निश्चल कायस्थलाई ६–०, ६–२ ले, निशानले विष्णु नेपालीलाई ६–१, ६–३, आशिष ले सास्र्थ बज्राचार्यलाई ६–२, ६–३, सक्षमले युगान शेर्पालाई ६–१, ६–३ ले पराजित गरे ।
यसैगरि ३५ प्लस मेन्स सिगलमा कमल भण्डारीले अभिषेक पाठकलाई ६–०, ६–० ले, राजन पौडेलले चुम बहादुर शाहलाई ६–३, ६–२ ले, सन्जय श्रेष्ठले विकास पाण्डेलाई ६–२, ६–० ले, सिमान्त गुरुङले सब्बर मियालाई ६–०, ६–१ ले पराजित गरे । त्यस्तै अनिल शाहीले सागर थापालाई ६–०, ६–१ ले, नविन श्रेष्ठले सन्दिप लामालाई ६–०, ६–२, सोम रानाले विकास गुरुङलाई ६–३, ६–२ ले, सन्तोष खत्रीले सोबित गौचनलाई ६–२, ६–३ ले हराए ।
यसैगरि ३५ मेन्स डबल्समा अनिल शाही र सिमान्त गुरुङको जोडीले सोम राना र सोबित गौचनको जोडीलाई ६–२, ६–३ ले, राजन पौडेल र नबिन श्रेष्ठको जोडीले सोम बहादुर शाह र सन्दिप लामाको जोडीलाई ६–१, ६–० ले सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीले अभिषेक पाठक र रिश्चल थापाको जोडीलाई ६–२, ६–० ले हराउँदै समिफाइनलमा पुगेका छन् ।
४५ प्लस मेन्स सिगलमा रोहित सुनुवारले किम जि मनलाई ६–४, ६–२ ले, कमल भण्डारीले रामु बिकलाई ६–०, ६–० ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ४–६, ६–२, १०–४ ले, गोपी भट्टराइले सरण गुरुङलाई ४–६, ६–२, १०–८ को सेटमा जित निकाल्दै सेमिफाइनलमा पुगेको छन्।
५५ प्लस मेन्स सिगल विमल गुरुङले विष्णु बहादुर थापालाई ६–०, ६–० ले, चन्द्र शाहीले विनोद कायस्थलाई ६–२, ६–२ ले, विष्णु हमालले हर्क गुरुङलाई ६–२, ६–० ले हराए भने राजु श्रेष्ठ वाकओभर पाउदै सेमिफाइनलमा पुगेका छन् ।
यसैगरि ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेको जोडीले किम जी मन र तेज लीको जोडीलाई ६–२, ७–५ ले, शरण गुरुङ र विकास गुरुङको जोडीले माधव भण्डारी र लोक गुरुङको जोडीलाई ६–१, ६–१ ले हराउँदै अघि बढेयो ।
त्यस्तै रोहित सुनुवार र जोली टार्जनको जोडीले राज गुरुङ र पदम गुरुङको जोडीलाई ६–३, ६–४, सुर्दशन बिष्ट र हिमाल शाहीको जोडीले छेवाङ लामा र अर्जुन गुरुङको जोडीलाई ७–६, ३–६, १०–५ को सेटमा जित निकाल्दै अन्तिम चारमा पुगेका छन् ।
यसैगरि ५५ प्लस मेन्स डबल्स विमल गुरुङ र हिमाल शाहको जोडीले बिष्णु चापागाई र अब्दुल सलामतको जोडीलाई ६–१, ६–२ ले तथा चन्द्र शाही र जली टार्गेनको जोडीले मनोज राना र ध्रव गुरुङको जोडीलाई ६–०, ६–४ ले हराउँदै अन्तिम चारमा पुग्यो ।
देविनगर लन टेनिस कम्प्लेक्समा रहेका ४ वटा कोर्टमा भैरहेको प्रतियोगिता अन्तरगत बिहीबार २१ खेल हुनेछन् । प्रतियोगिता फागनु १९ गतेसम्म चल्ने संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।
प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले ६० र दोस्रोले ३० हजार तथा तेस्रो हुने दुई जना खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]