2 years ago
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बाहेकको पुरुष एकलमा अन्तिम ४ मा प्रवेश गरेका छन् ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न क्वाटरफाईनल खेलमा पविनले पाँचथरका दिवस शंकरलाई २१–१९, २१–१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम चारमा पुगे ।
एपिएफका रोशन साउद र नखिपोटका विवेक चौधरी सेमिफाइनलमा पुगेका छन् । रोशनले एपिएफकै सुजन थापालाई २१–१४, २१–१४ तथा विवेकले एपिएफका भोज बहादुर गुरुङ्गलाई ७–२१, २१–१९, २२–२० ले पराजित गरेका हुन् ।
चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको शिर्ष ८ बाहेकको महिला एकल तर्फको खेलमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस् ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राई सेमिफाइनलमा पुगे ।
सुष्माले आर्मीकी बिष्णा बिष्टलाई २१–१७, १८–२१, २१–१७, दिलाशाले कैलालीकी एलिना सुनारलाई २१–१९, २४–२२, आयुष्माले ललितपुरकी श्रेया बज्राचार्यलाई १४–२१, २१–१०, २१–१८ र राजीले आर्मीकी शेष्ना श्रीपालीलाई २१–१६, १२–२१, २१–१५ ले पराजित गरिन् ।

यु–१३ गल्र्स तर्फ सेमिफाईनल प्रवेश गर्नेमा मध्यपुरकी स्वर्लिन श्रेष्ठ, दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा, बेलटार एकेडेमीकी दिया राइ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहेका छन् ।
यस्तै यु–१७ ब्वाईज तर्फ एपिएफका अरुण अधिकारी, आर्मीका सुप्रिम पन्त र रिभाईभका किरण न्यौपाने रहेका छन् । मास्टर्स ४५ प्लसमा रिभाईभ लिजर पार्कका सुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी, ललितपुरका मधु गुरुङ्ग र प्रकास राईको जोडी, पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङ्गको जोडी तथा पर्फेक्ट फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले पनि सेमिफाईनलमा स्थान बनाउन सफल भए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]