default_image

2 years ago

March 1, 2024

प्रिन्सले बाइक पाउने

655 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले आफ्नो पूर्व घोषणा अनुरुप नेपालका नम्बर एक एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकलसहितले सम्मान गर्ने भएको छ ।

नेपाल खेलकुद महासंघ अन्तरगतको रब्याडमिन्टन संघको आयोजनामा जारी १३ औं पुष्पलाल स्मृती वरियता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको जनाएको छ ।

संघले पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको विजेतालाई मोटरसाईकलले सम्मान गर्ने घोषणा अनुरुप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको १०औं, ११औं र १२ औं संस्करणका विजेता हुन् ।

यसअघि यो सम्मान बाट रत्नजित तामाङ र नङसलदेवी तामाङ सम्मानित भइसकेका छन् । एपिएफका प्रिन्स यस पटक‌ पनि फाइनल पुगिसकेका छन्। प्रिन्सले फाइनलमा ललितपुरका प्रफुल महर्जनको‌ सामना गर्नेछन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.