2 years ago
March 2, 2024
सुमन अधिकारी,बुटवल
अभिलाषा विष्ट र प्रदिप खड्काले दोस्रो मेयर कप तथा छैटौ बुटवल कप राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । अभिलाषा र प्रदिप दुवैले उपाधि रक्षा गरेका हुन्।
महिलातर्फ शनिबार भएको फाइनलमा अभिलाषाले सुभङ्गी शाहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन्।
पुरुषतर्फको फाइनलमा प्रदिपले रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा हराए । गत वर्षको फाइनलमा पनि प्रदिपले रितिकलाई हराएका थिए ।

देविनगरस्थित लनटेनिस कोर्टमा भएको फाइनलमा पहिलो सेट सहजै जितेका प्रदिपले दोस्रो सेट गुमाएका थिए । तेस्रो सेटमा २–१ ले पछि परेका प्रदिपले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेका थिए ।
त्यसक्रममा प्रदिप घाइते समेत भएका थिए । खेल ३–३ को बराबर रहेकाे सममा खुट्टामा समस्या आएपछि मैदानमा चिकित्सक बोलाएर उपचार गर्नु परेको थियो ।

दुवैतर्फको एकलको विजेताले समान ६०, दोस्रोले ३० र संयुक्त रुपमा तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा मेन्स डबल्सको उपाधि आयुषमान हजुर घले र आशिष खड्काको जोडीले, ३५ वर्ष प्लस सिगलको उपाधि अनिल शाहीले, ३५ वर्ष प्लस डबल्सको उपाधि सिमान्त गुरुङ र अनिल शाहीको जोडीले जितेका थिए।
४५ वर्ष प्लस सिगलको उपाधि कमल भण्डारीले, ४५ वर्ष प्लस डबल्समा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले, ५५ वर्ष प्लस सिगलको उपाधि चन्द्र शाहीले तथा ६५ वर्ष प्लस सिगलको उपाधि मनोज राणाले जितेका थिए। प्रतियोगितामा ११ विधामा झन्डै एक सय खेलाडीको सहभागिता थियो।

विजेता खेलाडीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले पुरस्कृत गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]