default_image

2 months ago

March 2, 2024

प्रिन्स चौथो पटक च्याम्पियन, रसिलालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधि जितेका छन् । महिला एकलतर्फको उपाधि लतिलपुरकी रसिला महर्जनले जितिन् । १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको शनिबार भएको शीर्ष ८ तर्फको पुरुष एकलको फाइनलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० ले हराउँदै प्रिन्सले उपाधि जितेका हुन् […]

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधि जितेका छन् । महिला एकलतर्फको उपाधि लतिलपुरकी रसिला महर्जनले जितिन् ।

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको शनिबार भएको शीर्ष ८ तर्फको पुरुष एकलको फाइनलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० ले हराउँदै प्रिन्सले उपाधि जितेका हुन् । एपिएफका देवराज राना र नेपाल पुलिस क्लबका सुनिल जोशी तेस्रो भए ।

नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को महिला एकलको फाइनलमा रसिलाले भोजपुरकी नङ्गशल तामाङ्गलाई १७–२१, २१–१५, २२–२० को सघर्षपूर्ण खेलमा पराजित गरेकी हुन् । त्रिभुवन आर्मी क्लबकी अनुमाया राई र पुलिसकी निता लम्साल तेस्रो भए । दुवैतर्फका विजेताले ५० हजार, दोस्राले ३० हजार र तेस्रो हुनेले समान १२ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

पुरुष शीर्ष ८ बाहेकको उपाधि एपिएफका क्षितिज खनालले जिते । क्षितिजले फाइनलमा नखिपोटका विवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले हराए । आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद तेस्रो स्थानमा रहे ।

शीर्ष ८ बाहेकको महिला तर्फको खेलमा कास्कीकी दिलाशा रानाले विजयी भइन् । दिलाशाले फाइनमाल बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले हराइन् । पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल तेस्रो भए ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापा मगरको जोडी विजयी भयो । ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडीलाई २१–७, २२–२४ र २१–१२ ले हराउँदै प्रिन्स र विजितको जोडीले उपाधि जित्यो । पाँचथरका दिवस शंकर र भोजपुरका विशाल तामाङ्ग जोडी तथा पुलिसका जीवन आचार्य र बिष्णु कटुवालको जोडी तेस्रो भयो ।

महिला युगल तर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनको जोडीले उपाधि जित्यो । अमिता र रसिलाको जोडीले आर्मीकी अनुमाया राई र मोरङ्गकी सिमा राजबंशीको जोडी २१–१९, २१–१२ ले हरायो । कास्कीका शितल के.सी. र अनु राना तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी तेस्रो भयो ।

यु–१३ को ब्वाईज तर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले उपाधि जिते । सफलले फाइनलमा कैलालीका रियांस चौधरीलाई २१–१४, १८–२१, २१–१५ ले हराए । धन्यन्तरीका सुहम कार्की र एपिएफका आरुष सिमखडा तेस्रो भए ।

गल्र्स यु १३ मा दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री विजयी भइन् । अश्मिताले मध्यपुरकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१६ ले हराइन् । दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा र बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई संयुक्त रुपमा तेश्रो भए ।

यु – १७ आर्मीका सुप्रिम पन्तले युनिग्लोबल कलेजका सक्षम ढकाललाई २१–१८, २१–१२ ले पराजित गर्दै उपाधि जिते । एपिएफका अरुण अधिकारी र रिभाईभ लिजर पार्कका किरण न्यौपाने संयुक्तरुपमा तेस्रा भए ।

गल्र्स तर्फ कास्कीकी दिलासा रानाले उपाधि जितिन् । महिला एकलमा पनि रोजीलाई पराजित गर्दै जित निकालेकी दिलासाले यसमा १४–२१, २१–१६, २१–१५ ले हराएकी थिइन् । दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र उपासना बोहरा संयुक्त रुपमा तेश्रा भए ।

मास्टर्स युगल ४५ बर्ष माथिको खेलमा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले रिभाईभ लिजर पार्कका सुक्र तामाङ्ग र भिम बहादुर थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै उपाधि जित्यो । ललितपुरका मधु गुरुङ्ग र प्रकाश राईको जोडी तथा पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडी तेस्रो भयो ।

मास्टर्स युगल ५५ बर्ष माथि कास्कीका राम बहादुर गुरुङ्ग र गुल्मीका खगेन्द्र रेग्मीको जोडी विजयी भयो । राम र खेगेन्द्रको जोडीले पिस फिटनेश सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीलाई २१–१३, २१–१३ ले हरायो । फिटनेश पार्कका पुर्ण जोशी र उमेश के.सी तथा ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडी तेस्रो भयो ।

शीर्ष ८ वरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका विजेताले २०, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष युगलको विजेता जोडीले ३०, दोस्रोले १५ हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे । महिला युगल तर्फको विजेता जोडीले २०, दोस्राले १० र तेस्रोले ५ हजार रुपैयाँ पाए । यु–१७ र यु–१३ विधाका विजेताले १५, दोस्राले ८ र तेस्रोले ४ हजार रुपैयाँ प्राप्त गरे । मास्टर्स ४५ बर्ष र ५५ बर्ष माथिको विजेताले ३०, दोस्रोले १५ हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे ।

चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नेकपा एमोलकी केन्द्रिय सदस्य शर्मिला कार्की, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष लव भक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव वीरेन्द्र श्रेष्ठ, उपमहासचिव नविन बिक्रम शाह लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

March 22, 2024

प्रदिप र अभिलाषालाई सहवीर स्मृति खुल्ला लन टेनिस उपाधि

काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा […]

March 12, 2024

पिकलबल च्याम्पियनसिपमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप २०२४ मा नेपालले सबैभन्दा बढी पदक जितेको छ । नेपाल सुपर लिग (एनएसएल) र पिकलबल संघ नेपाल (प्यान) ले ललितपुर टेनिस कोर्टमा संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालले कुल ५३ पदकसहित प्रतियोगितामा शीर्ष स्थानमा रहेको हो । नेपालको पदक तालिकामा २० स्वर्ण, १३ रजत र […]

Success

Thank you for your time.