1 year ago
July 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका छन् । सेनगलका खेलाडी इब्राहिमा डियाव विरुद्ध सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो ।
पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १२-१० ले पहिलो सेट गुमाएका थिए । तर त्यसपछिको तीन सेटमा भने उनले प्रतिस्पर्धा गर्न सकेनन् । उनले दोस्रो सेट ११-३, तेस्रो सेट ११-४ र चौथो सेट ११-५ ले पराजित हुन पुगे ।
स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक पुगेका थिए । सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुन् ।

यसअघि सन् २००४ को एथेन्स ओलम्पिकका लागि संगिना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा दीपक विष्टले छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । वैद्य र विष्ट दुवै तेक्वान्दोबाट छनोट भएका थिए । स्यान्टु टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो र समग्रमा तेस्रो नेपाली खेलाडी हुन् ।
त्यस्तै समूह पीमा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् । खेल आज राती १२:५५ बजे पछि सुरु हुने तालिका रहेको छ । प्रिन्स विना प्रशिक्षक ओलम्पिक खेल्दै छन् ।
कुल ६ खेलका ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ । १६ दिन सम्म चल्ने ओलम्पिकमा नेपालका स्यान्टु र प्रिन्स सहित जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल सहभागी छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]