default_image

1 year ago

July 28, 2024

प्रिन्स सोझो सेटमै पराजित

1628 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमै पराजित भएका हुन् ।

प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए । प्रिन्स ८-२१ र ६-२१ स्कोर सहित सोझो सेटमै पराजित भएका हुन् ।

यसअघि आजै नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित हुँदै बाहिरिसकेका छन् । प्रिन्सले भने अझै दुई खेल खेल्न बाँकी रहेको छ ।

ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।

१९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी समेत भएका छन् । प्रिन्सले युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन् ।

कुल ६ खेलका ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ । १६ दिन सम्म चल्ने ओलम्पिकमा नेपालका स्यान्टु र प्रिन्स सहित जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल सहभागी छन्‌ ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.