1 year ago
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
हमालसहित १२ सदस्यीय केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका हुन्। उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् ।
शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल सदस्यमा चयन भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले नयाँ कार्यसमितिले ४ वर्षका लागि ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

त्यसअघि एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन भएको छ ।
तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहितको समूहले निर्वाचन नगराउनका लागि राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको थियो ।
तदर्थ समितिका तत्कालिन सह संयोजक वृजेन्द्र हमालको समूह भने राखेपको स्वीकृतीमा साधारण सभा र निर्वाचन गराउन जुटेको थियो ।
राखेपले टेबल टेनिसको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले साउन १५ गते सुचना प्रकाशित गर्दै भदौ ८ गते निर्वाचन गरिने जनाएको थियो ।
संयोजक राजबैधसहित २३ जनाले राखेप र एनओसीमा निर्वाचन रोक्न हस्ताक्षरसहित पत्र पठाएको एनओसीले युवा तथा खेलकुद मन्त्रालयलाई पत्रमार्फत जानकारी गराएको थियो । तर उक्त पत्रमा २३ जना नभएर १५ जनाको हस्ताक्षर रहेको र त्यसमा पनि केही फर्जी हस्ताक्षर रहेको हमालले दाबी गरेका थिए ।
हमालले साधारण सभामा झन्डै ९० प्रतिशत प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको बताएका थिए।
राखेपका खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्यालसहितको ३ सदस्यीय समितिले टेबल टेनिस संघको चुनाव गराएको थियो।
पटक पटक म्याद थप गरिएको टेबल टेनिस संघको तदर्थ समितिले निर्वाचन मिति तोक्न सकेको थिएन । २०८० चैत २१ गते सम्म संघको सदस्यता आधार मानेर निर्वाचन प्रक्रिया अघि बढाउन मन्त्री स्तरीय निर्णय भएको सुचनामा उल्लेख थियो ।
निर्वाचनका सम्बन्धमा राखेको असहमतिबारे बुझ्न खोज्दा तदर्थ समितिका तत्कालिन संयोजक राजवैद्यको फोन उठाएनन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]