default_image

1 year ago

September 2, 2024

टेबल टेनिसलाई‌ थ्री सिक्स्टी वानको प्रायोजन

897 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टेबल टेनिसका सिनियर र जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी थ्री सिक्स्टी वानले प्रायोजन गरेको छ।

अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष विजेन्द्र हमाल र थ्री सिक्स्टी वान (३६१) को नेपालका लागि आधिकारिक विक्रेता सर्व सिद्धी एपेक्स प्रालिका निर्देशक सरोज कार्कीले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता ४ वर्षको‌ रहने बताइएको छ।

नेपालबाट जुनियर र सिनियरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई थ्री सिक्स्टी वानको खेल पोशाक उपलब्ध गराइने सर्व सिद्धी एपेक्सका धिरज कार्कीले जानकारी दिए।

सर्व सिद्धी एपेक्स प्रालिका निर्देशक सरोज कार्कीले आफू जुनियर स्तरको टेबल टेनिस खेलाडी रहिसकेको जनाउँदै विगतमा पनि खेलाडीहरुलाई सहयोग गर्दै आएको र भविष्यमा पनि‌ निरन्तरता दिने‌ बताए ।

संघका अध्यक्ष हमालले नेपालको टेबल टेनिसको इतिहास यस्तो प्रायोजन पहिलो पटक भएकाले थ्री सिक्स्टी वानलाई‌ धन्यवाद दिए।

केहि समयअघि राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टलाई थ्री सिक्स्टी वानले आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो। थ्री सिक्स्टी वानका खेल पोशाकको‌ आउट लेट भाटभटेनी सुपरमार्केटमा उपलब्ध रहने बताइएको छ।

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

Success

Thank you for your time.