default_image

1 year ago

September 28, 2024

नेपाल पुलिस टेबल टेनिस लिग च्याम्पियन

1031 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ को उपाधि शनिबार जितेको छ

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो।

समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा प्रहरीले ४ स्पर्धामै जितका लागि आवश्यक ८ अंक बटुल्न सफल भयो । गत वर्ष पुलिस दोस्रो र स्ट्याग तेश्रो भएको थियो । गत वर्षको च्याम्पियन एभिएम टेबलटेनिस क्लबले यसपटक भाग लिएन ।

पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङगाले पुलिसका वंश सिंघललाई ११-९, ५-११ र ११-९ को सेटमा पराजित गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११-६, ५-११ र ११-६ ले हराउँदै खेललाई ३-३ को बराबरीमा अवस्थामा पुर्याइन् ।

मिक्स डबल्समा पुलिसकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको
जोडीलाई १०–१२, ११–९ र ११–१ ले पाखा लगाएपछि प्रहरी ५–४ ले अगाडि रह्यो।

अर्को पुरुष सिंगल्समा पुलिसका संयोगको प्रदर्शननै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३-० को सोझो सेटमा पन्छ्यादै जितका लागि आवश्यक ८ अंक बटुले । संयोजक ११-७, ११-४ र ११-९ ले विजयी भए ।

त्यसपछि पुलिसकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला सिंगल्स खेल्न परेन । उपाधिसंगै पुलिसले २ लाख तथा स्ट्यागले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

नेपाल एपिएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस संयुक्त रुपमा तेश्रो भए । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे। शीर्ष तीन स्थान हात पार्ने टोली मध्ये एपिएफमा मात्र विदेश खेलाडी थिएनन् । बाँकी ३ टोलीले समान २ विदेशी खेलाडी अनुबन्ध गरेका थिए । उनीहरुले समान १/१ पुरुष/महिला भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए ।

विजेतालाई सह–प्रायोजक समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीलगायतले पुरस्कृत गरे ।

६ दिने प्रतियोगितामा शीर्ष तीन स्थान रहेका टिमसहित ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी र रेड टाइल्स गरी ७ टिम सहभागी थिए ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.