default_image

1 year ago

September 30, 2024

एपिएम टेबलटेनिसको सियोम नेपाल मुख्य प्रायोजक

694 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सियोम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ ।

सियोम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपिएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे ।

सियोमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान गर्ने छ । त्यस्तै टाग्रो टेबलटेनिस कम्पनीले ४ लाख तथा ल्याम्प एन्ड लाइट कम्मनीले १ लाख रुपैयाँको खेल सामाग्री र पोशाक उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्राप्त सबै सामाग्री र पोशाक प्रतियोगितामा समावेश विभिन्न ९ स्पर्धाका पदक विजेतालाई पुरस्कार स्वरुप विरतण गरिने आयोजक एपिएमले जनाएको छ ।

प्रतियोगितामा यु–१०, यु–१२, यु–१६ र यु–१९ ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । अर्को स्पर्धामा यु–१९ मिक्स टिम इभेन्ट रहेको छ । मिक्स टिम इभेन्टको विजेतालाई २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो ९ टेबलटेनिस टेबल प्रदान गरिने छ ।

विगतका संस्करणमा आयोजकले पदक विजेतालाई नगद पुरस्कार दिने गरेकोमा यो संस्करणदेखि खेल सामाग्री र पोशाक प्रदान गर्न लागेको हो ।

प्रतियोगिता असोज १७ गतेदेखि तीनदिनसम्म भैसेपाटीस्थित आयोजक एपीएमको आफ्नै हलमा हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.