1 year ago
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यसै महिना बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गरायो ।
डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टु मा १४ र लेभल वानमा २० कोच सहभागी हुने ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
लेभल टु कोचिङ कोर्स कात्तिक ९ देखि १४ गते सम्म हुनेछ । त्यस्तै लेभल वान कोर्स कात्तिक १९ देखि २४ गते सञ्चालन हुनेछ ।
चेक रिपब्लिककी मार्केटा, बंगलादेशकी निखिल चान्द्रधार र भुटानका दोर्जीले कोचिङ कोर्स सञ्चालन गर्नेछन् जनाएको छ । । दुवै लेभलमा ३० प्रतिशत महिला प्रशिक्षक अनिवार्य सहभागी हुनेपर्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।
नेपालमा पहिलो पटक ब्याडमिन्टनको लेभल टु कोचिङ कोर्स हुन लागेको छ । ‘यसअघि लेभल टु कोर्स गर्न मलेसियामा जानुपथ्र्याे । हामीले पहिलो पटक लेभ टु कोचिङ कोर्स पनि नेपालमै गर्न लागेका छौँ । यस कोर्सले नेपाली ब्याडमिन्टन प्रशिक्षकको वृद्धि विकासमा सहयोग पुग्ने अपेक्षा छ ,’ संघका अध्यक्ष श्रेष्ठले भने ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सुरु गरेको ओलम्पिक सोलिडारिटी कोर्सले विकासिल राष्ट्रका खेलाडी र खेलको विकासका लागि सहयोग गर्ने गर्छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत नेपाल ओलम्पिक कमिटी (एनओसी) का लागि ओलम्पिक सोलिडारिटी कोर्स गर्न फण्ड आउने गर्छ ।
त्यसै अन्तर्गत ब्याडिमन्टनको सोलिडारिटी कोर्स हुन लागेको हो । यस कोर्स सञ्चालन गर्न एनओसीले ब्याडमिन्टन संघलाई ८ हजार अमेरिकी डलर प्रदान गर्ने एनओसीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्यले जानकारी दिए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]