4 months ago
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ ।
नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप (एसिया/ओसिएना क्षेत्र) मा सहभागी खेलाडी अभिषेक बाँस्तोला, प्रदिप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितिक राणा तथा प्रशिक्षक शरद लामा सम्मानित भएका हुन् । रितिक कार्यक्रममा उपस्थित थिएनन् ।
ग्रुप ५ को प्रतियोगितामा नेपालसहित १५ राष्ट्रको सहभागिता थियो । नेपाल रहेको समूह ‘ए’ मा गुआम र ब्रुनाई थिए ।
नेपालले गुआमलाई २–१ तथा ब्रुनइलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको थियो । नेपालले समूह ‘डि’ को विजेता आयोजक बहराइनलाई २–० ले हराउदै ग्रुप ४ मा बढुवा भएको हो । डेविस कपमा नेपालले अघिल्लो वर्षदेखि मात्र सहभागिता जनाएको थियो ।
यो प्रतियोगिताबाट नेपालसंगै फिलिपिन्स पनि ग्रुप ४ मा प्रवेश गर्न सफल भएको छ । ग्रुप ४ को प्रतिस्पर्धामा यि २ राष्ट्रसंगै श्रीलंका, किर्गिस्तान, कम्बोडिया, इराक, मलेसिया र प्यासिफिक ओसिएना गरी ८ राष्ट्र सहभागी हुने छन् । ग्रुप ४ को आयोजनास्थल र मिति भने टुंगो लाग्न बाँकी रहेको टेनिस संघले जनाएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।