10 years ago
August 13, 2015
सुभाष श्रेष्ठ र भुमि गुरुङको जोडीले प्रथम ढोरपाटन याज गल्स ब्याडमिन्टन प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । उनीहरुले बुधवार भएको ए लेवलको खेलमा कमल थापा र चन्द्रवहादुर चन्दको जोडीलाई २१–६ र २१–१४ को सोझो सेटमा हराउदै दोश्रो चरणमा स्थान बनाएका हुन । ए लेवलकै खेलबाट सफलता हातपादै गणेश छन्त्याल र तिलक छन्त्याल,रबि चन्द र अशोक जोशी,रमन बानिया र राजकुमार,नबिनबावु श्रेष्ठ र भरत श्रेष्ठ,आकाश छन्त्यल र राम बानिया तथा अमरकुमार लावती र रुपक सिंहको जोडी दोश्रो चरणमा प्रवेश गरेका छन् ।
नया बसपार्क स्थित ब्रदर्श स्पोर्टस् हलमा संचालन भएको प्रतियोगिताको लेबल बी बाट अर्जुन छन्त्याल र रवन बानिया,भेसु श्रेष्ठ र प्रदिप अधिकारी,रत्न गुरुङ र सुभाष राई,प्रदिप श्रेष्ठ र डम्वर गुरुङ तथा अरुण मगर र लिला थापामगरको जोडीहरुले आ–आफ्नो खेलमा सफलता हात पादै दोश्रो चरणमा पुगे । प्रतियोगिताको उद्घाटन कान्तिपुर मेनपावरका कार्यकारी प्रमुख धनलाल जैसीले गरेका थिए । सो अवसरमा आयोजकका अध्यक्ष मनबीर छन्त्याल,प्रतियोगिता संयोजक कपिल जिसीलगायतको उपस्थिति रहेको थियो । चार दिने प्रतियोगितामा ए,बी र सी गरि ३ इभेन्ट समाबेश गरिएको छ । तीनै स्पर्धामा पहिलो,दोश्रो र तश्रो हुने जोडिले क्रमश १५ हजार,८ हजार र ५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]