12 months ago
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ।
पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् ।
त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ फ्युचर स्टार्स एसियन टेबलटेनिस युनियन एकेडेमी कार्यक्रममा पामिला जोशी र वचन विष्टले भाग लिनेछन्।खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले सोमवार बिदाइ गरे ।
ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको बिदाइ कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ, बागमती प्रदेश खेलकुद बिकास परिषद् सदस्य रवि महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, सदस्य सागर चित्रकार, नेपाल मुवाँथाई संघ अध्यक्ष गणेश कक्षपतिको उपस्थिति थियो।
त्यस्तै नेपाल सोतोकान कराते प्रमुख निवास गोपाल वैद्य, नेपाल सो-क्योकुशिन कराते प्रमुख राजकुमार श्रेष्ठ, ललितपुर कराते संघ अध्यक्ष दयाराम महर्जन, बक्सिङ प्रशिक्षक सुवर्ण सापकोटा, ललितपुर टेबल टेनिस संघ अध्यक्ष आशिष अवाले, फुलकन्ट्याक्ट कराते प्रशिक्षक सन्तोष घलान, सम्झना ल्याब प्रमुख उर्दीप जोशी, ललितपुर टेबल टेनिस संघ सदस्य रजना जोशीलगायतको उपस्थिति थियो।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]